जन्मदिन पारेर सन्तोष सुनार द्वारा जीवन मरणको दोसाँधमा रहेका बिरामीलाई आर्थिक सहयोग

जन्मदिन पारेर सन्तोष सुनार द्वारा जीवन मरणको दोसाँधमा रहेका बिरामीलाई  आर्थिक सहयोग

राम बहादुर बिश्वकर्मा
प्युठान,मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न बिरामीलाई आर्थिक सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।
शनिबार श्रावण १० गते आफ्नो जन्मदिन परेको प्युठान नगरपालिका बडा नं ७ टिकुरीका एक सामाजिक अभियानता तथा नेपाल दलित मुक्ति अभियानका केन्द्रिय सदस्य सन्तोष बि क ले आफ्नो ३८ औं जन्मदिनको अवसर पारेर जीवन मरणको दोसाँधमा रहेका मल्लरानी गाउँपालिका वडा नम्मर ४ सारिबाङ्ग का ३८ बर्षिय केशब पर्टेलकोघरमै पुगि परिबारलाई रु ५ हजार ५ सय रकमको चेक सहयोग गरेका छन्।
बिगत १ महिना देखि आर्थिक अभावले भारतको लखनौमा आफन्तको कोठामा थलिएका पर्टेलको मुटुको समस्या र दायाँ खुट्टाले कुनै पनि काम नगरि शारीरिक समस्या ग्रस्त रहेकाले उपचारमा सहयोग पुर्याउने उद्देश्यले बिरामीको श्रीमति सरस्वता सुनारलाई ५ हजार रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
उनले भने जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा सेवा नै मानबको धर्म भएकोले मैले आफ्नो जन्मदिनको यो सुनौलो अबसरमा यो काम गरेको हु, मैले पहिले देखि नै सोचेको थिए , बिरामिहरुको सेवा गर्ने भनेर तर आज मेरो जन्मदिन संगै यो कार्यले सार्थकता पाएको छ। बिरामिहरुलाई थोरै भएपनि सेवा गरेको छु।
साथीभाइ,इस्ट्रमित्र लाई बोलाएर आफ्नो जन्म उत्सव मनाउनु भन्दा रोगिले असक्त भएकाहरुलाई सेवा गर्नु नै मानवताको महत्वपुर्ण कार्य ठानेर आफुले उक्त कार्य आफ्नो जन्मदिन संगै सुरु गरेको र हरेक बर्ष श्रावण १० मा यो कार्यले निरन्तरता पाउने उनले बताएका छन् ।थोरै भए पनि बिरामीलाई सहयोग गरेको बि क ले बताए।

रकम सहयोग पाए पछि बिरामीका श्रीमति सरस्वताले भने यो रकमले आफ्नो श्रीमानको स्वास्थ्य उपचारमा ठूलो सहयोग हुने बताइन।