डा. भट्टराईको प्रश्न : कसरी हुन्छ राष्ट्रिय स्वाभिमानको रक्षा ?

डा. भट्टराईको प्रश्न : कसरी हुन्छ राष्ट्रिय स्वाभिमानको रक्षा ?

काठमाडाैं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले वेराेजगार नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थितिकाे अन्त्य गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रिय स्वाभिमानको रक्षाका लागि नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थितिकाे अन्त्य गर्नुपर्नेतर्फ सत्ताधारीहरुको ध्यान जानुपर्ने बताएका हुन् ।उनले लेखेका छन्- “हामी वीर छौं तर बुद्धु छौं ! बुद्धु छौं र त हामी वीर छौं! – भूपी शेरचन !! कहिलेसम्म हामीले हाम्रा वेरोजगार युवानागरिकलाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थिति बनाइराख्ने?अनि कसरी हुन्छ राष्ट्रिय स्वाभिमानको रक्षा? राष्ट्रवादको यो पाटोतिर सत्ताधारी कणहरूको ध्यान गएको खै?”