प्रहरीका डिएसपीको रगतले बच्यो महिलाको ज्यान


राम बहादुर बिश्वकर्मा
प्युठान ,जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी नरेन्द्र कुमार कार्किले दिनु भएको रगतले जिल्लामा एक सुत्केरी महिलाको ज्यान बचेको छ ।
सुत्केरी हुँदा अत्यधिक रक्तश्राबका कारण जिल्ला अस्पताल बिजुवार प्युठानमा छट्पटाई रहेकि प्युठान नगरपालिका-३ रातामाटाकी ३८ बर्षिय कमला कुमाललाई डिएसपी कार्किले ३५० एम एल बि पोजेटिभ रगत दान गरेपछि उहाँको ज्यान जोगिएको जिल्ला अस्पताल प्युठानका डा. सुनिल सुनारले बताउनुभयो । उहाँले भन्नुभयो,“अत्यधिक रक्तश्राव हुँदा निज सुत्केरीको ज्यान नै खतरामा परेको थियो,डिएसपी सरले रगद दिएपछि ज्यान जोगिएको छ ।”
लकडाउनका बेला रगत पाउन समस्या भइरहेका बेला रगत पाउँदा उपचारमा सहज भयो”, रगत दानपश्चात महिलाको ज्यान बचेको डा.सुनारले बताउनुभयो।
सुत्केरी तथा बिरामी महिलालाई रगत दिन पाउदाँ आफु निकै गौरवान्वित भएको डिएसपी कार्किले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले दानगरेको रगतले एउटा छोरी,चेलीको ज्यान जोगिएको छ, त्यो भन्दा ठुलो मेरालागि खुसिको कुरो के हुन सक्छ र ? ।”उहाँले भन्नुभयो-" अहिलेसम्म सम्म २० औं पटक रक्तदान गरेको छु,यहि नै मेरो मानवीयता हो निकै खुशी छु ।”

तस्बिर:डिएसपी नरेन्द्र कुमार कार्कीले रक्तदान गर्दै गर्नुभएको

कार्किको रगतले ज्यान बचेकी निज महिला अहिले स्वस्थ अवस्थामा रहेको र थप २ पोका रगत आबश्य्क रहेको जिल्ला अस्पताल प्युठानले जनाएको छ।
डिएसपि कार्किले प्रदान गरेको रगतले सुत्केरीको ज्यान जोगिएपछि अहिले कमलाका घरपरिवारहरु उहाँ प्रति निकै खुसि हुनुका साथै अस्पतालको सैयामा रहेकी कमलाले आफुलाई रगत दिएर ज्यान जोगाइदिने प्रहरी प्रमुखको गुण कहिल्यै नबिर्सिने बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र प्युठानका प्राविधिक आसिष थापाले केन्द्रमा माषिक ३५ युनिट रगतको आवश्यकता पर्ने भए पनि कहिलेकाहीँ अभाव हुँदा रक्तदाता खोजेर बिरामीलाई रगत उपलब्ध गराउने गरिरहेको बताउनुभयो।