बाह्रबिसेमा बाढीको बितण्डा : दर्जनौँ घर बगे, दर्जनौँ बेपत्ता

बाह्रबिसेमा बाढीको बितण्डा : दर्जनौँ घर बगे, दर्जनौँ बेपत्ता

सिन्धुपाल्चोक । गएरातिदेखिको अविरल वर्षाले सिन्धुपाल्चोकको विभिन्न ठाउँमा नोक्सानी पु¥याएकोे छ।
लगातारको बर्षाका कारण बाढी पहिरोमा परि यहांका दर्जनौँ घर संरचना बगाएका छन । बार्हबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रमा ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घर बगाएको र दर्जन बढीको मानबिय क्षति भएको आशंका गरिएको छ ।  कतिपय घाईते अबस्थामा रहेका छन, केही बेपत्ता भएका छन । अरनिको राजमर्गको जम्बु, खागदल बजर नै बाढिले बगाएको छ । खागदलको पक्की पूल नै बगाएपछी सडक सम्पर्क टुटेको छ । ” केही मानीसहरु हराईरहेको सूचना छ, हामी घटनास्थल जाँदैछौँ” ईलाका प्रहरी कार्यालय बार्हबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले भन्नुभयो ।घटनास्थलमा प्रहरीको टोली परिचालन भइसकेको छ ।  घटनामा १८ जना बेपत्ता भएकाे स्थानीयकाे भनाइ छ । दुई जनाकाे मृत्यु भएकाे दाबी गरिएकाे छ ।

यद्दपी यस्को  स्वतन्त्र रुपमा पुष्टि भई सकेको छैन। थप बिबरण आउन बाँकी छ।