नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य के सि द्वारा कोरोना संक्रमितलाई खाजा प्रदान 

नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य के सि द्वारा कोरोना संक्रमितलाई खाजा प्रदान 

राम बहादुर बिश्वकर्म
प्युठान / कोभिड -१९ को चरम परस्थितिमा आइसोलेसन केन्द्रमा रहेका सङक्रमितलाइ खाजा प्रदान गरिएको छ।

स्वर्गद्वारी नगरपालिकाले स्थापना गरेको
आइसोलेसन केन्द्रमा रहेका ३६ जना संक्रमीत लाई नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिङ के सि को  सहयाेगमा खाजा प्रदान गरिएको हो। 
खाजा प्रदान गर्दै  प्रेस युनियनका केन्द्रीय सदस्य केसि ले सदैव मनाेवल उच्च राखि काेराेना जित्न सकिने भन्दै यसबाट सचेत र सजग हुन अनुराेध गर्नुभएको थियो ।

प्रेस युनियन प्युठानका सभापति श्रीराम भण्डारीले आइसोलेसनमा रहेका ले अाफु आफुमा भित्र पनि सजक बन्न र कुनै समस्या भए निर्भीकताका साथ  राख्न अनुराेध गर्नुभयाे ।
 
कोरोना संक्रमितहरुको उपचारका लागि बनाइएको उक्त आइशोलेशन केन्द्रमा प्राप्त भएको खाजा सामाग्री पाएपछि संक्रमितले के सि लाई धन्यवाद समेत दिएका थिए । 

यसै क्रममा अाइसुलेसमा बसेकाले अाफुहरुकाे रिपाेर्ट अाउन ढिलाे भएको , धेरै जनाले एउटै धाराकाे पानी प्रयाेग गर्न बाध्य , सौचालयको उचित ब्यबस्थापन नभएको , क्वारेन्टाइनबाट अाइसुलेस सम्म पुग्दा महङ्गो भाडा तिर्न परेकाे लगाएतका गुनासो राखेका थिए।

 यसैबीच जिल्लामा काम गर्ने ३० जना पत्रकारलाई सुरक्षा तथा  स्वास्थ्य सामाग्रि प्रदान समेत गरिएको थियो।