झिमरुक क्षेत्रको गर्भिलो इतिहास बोकेको नेराआबि समुदायको सहयोगमा माबि बन्दै 

झिमरुक क्षेत्रको गर्भिलो इतिहास बोकेको नेराआबि समुदायको सहयोगमा माबि बन्दै 

राम बहादुर बिश्वकर्मा, प्युठान । झिमरुक गाउँपालिकाका स्थानीयहरू विद्यालयलाई स्तरोन्नती गर्न जुटेका छन् । झिमरुक गाउँपालिका वडा नम्बर ६ मा रहेकाे नेपाल राष्ट्रीय आधारभुत बिध्यालयलाई शैक्षिक सत्र २०७७/७८ मा कक्षा ९-१० सन्चालनका लागि स्थानीय जुटेका हुन् । माद्यमिक विद्यालय सञ्चालनको लागि भाैतिक तथा आर्थिक अभाव देखिएपछि स्थानीयहरू आफै सहयोग उठाउन कसिएका हुन् । विद्यालयका अनुसार आर्थिक स्रोत जुटाउन बिध्यालयका प्रधानाद्यापक युबराज जि सि ,रोम बहादुर पुन, लोक बहादुर नगरकोटीले अगुवाई गरेका छ्न।

विद्यालयलाई तत्काल फर्निचर आवश्यक रहेको भएपनि पठनपाठनलाई व्यवस्थित गर्न उपर्युक्त शैक्षिक सामग्रीहरूको समेत अभाव रहेकाे विद्यालयका प्रध्यानाध्यापक युबराज जि सि ले बताए । उनले भने ‘गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री कक्षा सञ्चालन गर्नुपर्ने भएकोले आर्थिक स्राेत समेत खाेज्नु पर्ने बेला भएको छ ।’ यस विद्यालयको संरक्षण, सम्बर्धन र प्रबर्दनमा स्थानियबासी, बुद्दिजिवि, एवम् विभिन्न संघ सस्थाहरुको पनि उत्तिकै भुमिका रहेको स्थानीय बताउँछन् । यो विद्यालय एउटा नमुना बिध्यालयको रुपमा परिचित हुँदै आएको छ । यसै शैक्षिक सत्र देखि नै यस बिध्यालयमा ९ र १० कक्षा सन्चालन गर्नका लागि स्थानियले पहल थालेका हुन।

बिद्यालय ब्याबस्थापन समितीका अध्यक्ष हेमराज भट्टराईले झिमरुक भेगलाई शैक्षिक क्षेत्रमा अझ माथी उठाउन बिद्यालय स्तरोन्नतीको प्रयास सुरु भएको बताए। उनले यहाँका बालबालिका मच्छि, सोलहाल्ना, चिसाबाङ्ग सम्म गएर अध्ययन गर्न बाध्य भएको सुनाए।’मावि सञ्चालन गर्न सकेमा समस्या हल हुनेछ’ उनले भने,’त्यसैले माविको लागि पनि पहल थालेका छाैं ।’

वि.सं.२०३२ सालमा बिद्यालय स्थापना भएपनि २०६६ सालदेखि मात्र सञ्चालनमा आएको थियो । सुरूमा प्रावि तहको लागि मात्रै जिल्ला शिक्षा कार्यालयले अनुमति दिएको थियो । स्थानीयले पहल गरेपछि वि.सं.२०६६ साल देखि निम्न माद्यामिक तह सन्चालन गर्न तत्कालीन जिल्ला शिक्षा कार्यालयले अनुमती दियो।
छिट्टै मावि सञ्चालनमा आएमा स्थानीय बालबालिकाहरुलाई क्षिक्षाको पहुँचमा पुर्याउन सहयोग पुग्ने विद्यालयले जनाएको छ । साथै गरिव, असहाय विद्यार्थीले सहजै शिक्षा आर्जन गर्न सक्नेछन् ।

मावि सञ्चालनका लागि विभिन्न ब्यक्तिबाट १ लाख ३ हजार ५ सय रूपैयाँ जम्मा भएकाे स्कुलले जनाएकाे छ ।

स्तरोन्नतीका लागि कस्ले कति दिए रकम ?

१. युबाराज जि सि – रु.३० हजार
२. लोक बहादुर नगरकोटी- रु.२०५००
३. रोम बहादुर पुन- रु.२१०००
४.सुसमचार मण्डली(अक्षकोष)- रु.१२०००
५.दिन बहादुर पुन(अक्षकोष) -रु.२००००