स्कुल अफ डेमोक्रेसी प्युठानका अध्यक्ष पाेख्रेल द्वारा पत्रकारलाई मास्क बितरण

स्कुल अफ डेमोक्रेसी प्युठानका अध्यक्ष पाेख्रेल द्वारा पत्रकारलाई मास्क बितरण

राम बहादुर बिश्वकर्मा

प्युठान/कोरोना भाइरसको खबर सम्प्रेशण गर्न फन्टलाइनमा काम गर्ने प्युठानका क्रियाशील पत्रकारहरूलाई के एन ९५ मास्क वितरण गरिएको छ ।

नेपाल पत्रकार महासघ प्युठान शाखाका पुर्ब उपाध्यक्ष तथा स्कुल अफ डेमोक्रेसी प्युठानका अध्यक्ष प्रमाेद पाेखरेलले कोरोनाको जोखिम मोलेर खबर सम्प्रेशण गरिरहेका राष्ट्रिय मिडिया र स्थानीय मिडियामा काम गर्ने पत्रकारहरूलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा अन्तगर्गत बिजुवार स्थित सुचना केन्द्रमा मा उहाँले सामाजिक दूरी कायम गर्दै के एन ९५ मास्क वितरण गर्नुभएको हो ।
 
प्युठान कोरोनाको जोखिम जिल्लाको रूपमा रहेको हुनाले पनि फिल्डमै गएर काम गर्ने पत्रकार लाई काममा थोरै भएपनि सहज होस भनेर २५ जना पत्रकारलाई माक्स बितरण गरेकाे पोख्रेलले जानकारी दिनुभयाे। पत्रकारले जोखिमको बेलामा जनतालाई सहि सुचना दिने प्रमुख भुमिका निभाउन जरुरी भएको भन्दै कोरोनाको खबर संचार माध्यमले सकारात्मक रूपमा दिएको कारणले पनि नेपालमा अरू देशमा जस्तो महामारी नभएको सरकारले सबै क्षेत्र लाई सम्बोधन गरेको तर संचारलाई भने नसंझिएको पोख्रेलको भनाई छ । कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष महाबिर रानाले पत्रकारलाई मास्क बितरण गर्नुहुने महासघका पुर्ब उपाध्यक्ष पोख्रेललाई धन्यवाद दिदै कोरोनाको जोखिमबाट सुरक्षित हुदै पत्रकारले खबर सम्प्रेशण गर्नुपर्ने धारणा राख्नुभएको थियो ।