राष्ट्रिय उद्दम बिकास सहजकर्ता महासंघ को बैठक सम्पन्न : यस्ता छन निर्णयहरु

राष्ट्रिय उद्दम बिकास सहजकर्ता महासंघ को बैठक सम्पन्न : यस्ता छन निर्णयहरु

जेष्ठ २८ कोहलपुर :राष्ट्रिय उद्दम बिकास सहजकर्ता महासंघ को आन्तरिक महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ । हिजो देखि बसेको बैठक आज विभिन्न निर्णय गर्दै सकिएको महासंघका सचीव बिरेन्द्र सुवेदी ले जानकारी दिनु भयो । उक्त बैठक मा अध्यक्ष देबकी घिमिरे उपाध्यक्ष प्रेम जोशी, सचीव बिरेन्द्र सुवेदी, काेषाध्क्ष शान्ता बिक, सदस्य केन्द्रिय सदस्य गिता कोईराला ,अनन्त पन्थी, ममता खड्का, कल्पना बिस्ट निर्वाचन मन्ड्ल का संयोजक दिपेन्द्र खड्का उ. बि. स. डोटि का अध्यक्ष जय बहादुर थापा लगायत ले आफ्नो भनाई राख्नु भयको थियो ।लामो भिडियो कन्फरेन्स छलफल पछि महासंघले निम्न निर्णय गरेको छ ।
देशभर छरिएर रहेका TSLC उधम बिकास सहजकर्ता हरुको डाटा संकलन आउदो सोमबार सम्म गरिसक्न महासंघ का उपाध्यक्ष प्रेम जोशि र सचीव बिरेन्द्र सुवेदी लाई जिम्मा दिने भनी सर्बसहमतीबाट उक्त बैठकले पारित गर्यो ।

त्यसैगरी आर्थिक बर्ष २०७७/७८ को वार्षिक बजेट बाट गरिबी निवारण का लागि लघु उधम बिकास कार्यक्रम स्थानिय तहमा समाबेश भए अनुसार यो कार्यक्रम स्थानिय तहलाई नै चलाउन र प्रत्येक स्थानिय तहमा १ जना उधोग अधिकृत र २ जना उधम बिकास सहजकर्ता को दरबन्दी कायम हुने गरि संघिय सरकार उधोग मन्त्रालय र देशभर का ७ वटा प्रदेश सरकार ७५३ ओटै स्थानितहमा ७ दिन भित्रै जिल्ला का उधम बिकास सहजकर्ता संघ र साथिहरु लाई जिम्मा दिएर पत्रचार गर्ने जस्त्ता  निर्णय  गरिएको छ ।

त्यसैगरी महासंघ का अध्यक्ष देबकी घिमिरेले बैठकलाई समापन गर्दै सम्पुर्ण साथीहरु एकजुट भएर जिम्मेवारीमा लाग्नु पर्ने बताउनु भयो ।