सहमतीका आधारमा राजधानी भालुबाङ क्षेत्र बनाउनुपर्छ : रिजाल

प्रदेश सभा निर्वाचनमा प्यूठान १ बाट निर्वाचित हरिप्रसाद रिजाल सानैदेखि वामपन्थी विचारधारावाट प्रभावित थिए । विद्यार्थी आन्दोलनबट राजनीतिमा सक्रिय भएका उनी २०५४ सालको साविकको स्थानीय निकायको निर्वाचनमा जिल्ला विकास समिति प्यूठानको उपसभापति समेत भए । मुलुक संघीय संरचनामा गइसकेपछि अहिले तत्कालीन जिल्ला विकास समिति भन्दा पनि प्रदेश सरकारको भूमिका विकास निर्माणमा धेरै रहेको छ । जिल्लाको विकास निर्माणमा के कस्ता अवसर तथा चुनौति छन् तथा प्रदेश सरकारले के गरिरहेको छ भन्ने विषयमा प्रदेश सभा सदस्य रिजालसँग कामना डेलीका लागि प्युठानका अग्रज पत्रकार संजय रिजालले गरेको कुराकानी।

यहाँका जन्म कहिले र कहाँ भयो ?

मेरो जन्म २०२२ सालमा प्यूठान लुङमा भयो । बुबा रामप्रसाद रिजाल र आमा धनी रिजालको कोखबाट जन्म भयो । लुङकै धर्मोदय प्राथमिक पाठशालाबाट अध्ययन शुरु गरेर त्रिभुवन निम्न माध्यमिक विद्यालयबाट ७ कक्षा पास गरी ८ कक्षाबाट मुक्ति माध्यमिक विद्यालय रातामाटाबाट माध्यमिक शिक्षा पास गरे ।

राजनीतिको शुरुवात कसरी गर्नुभयो ?

विद्याय पढ्ने समयमा राजनीतिको शुरुवात गरे । त्यतिबेला २०३५÷०३६ को विद्यार्थी आन्दोलनमा सहभागी भइयो । म सानैदेखि नै अलि क्रान्तिकारी प्रवृत्तिको मान्छे रहेछु । तत्कालीन समयमा नेकपा माले कोअर्डिनेशन कमिटी बनेको थियो । नेकपा मालेसँग सम्वन्धित विद्यार्थीहरु त्यो संगठनमा लाग्यौ । त्यसरी राजनीति शुरु गरियो ।

यहाँले आपूmलाई राजनीतिमा अलि क्रान्तिकारी प्रवृत्तिको थिए भन्नुभयो । एउटा घटना, परिवेश हुन्छ नी राजनीतिमा लाग्न प्ररित गर्ने यहाँलाई के कुरा थियो ?

हाम्रै गाउँ समाजमा रहेका विभिन्न किसिमका कमजोर शक्तिहरु, गाउँमा देखिने सामन्तवाद त्यो सामन्तवादलाई मुखरित गर्ने तत्कालीन पञ्चायती व्यवस्था जसले सामन्तवादनको रक्षा गर्दै सामन्तवादी प्रवृत्तिलाई स्थापित गर्ने गर्दथ्यो । यो सामन्तवादको वास्तविक नेता भनेको पञ्चायत हो । पञ्चायतलाई संरक्षण गर्ने राजा हुन् भन्ने निश्कर्षमा पुग्यौ । त्यतिबेला मेरो गाउँमा पढेलेखेका गाउँमा बस्ने अगुवाहरुबाट पनि म प्रभावित भए । त्यतिबेला पिएल मा समर्थन गर्ने साथीहरु अगुवा हुनुहुन्थ्यो । त्यतिबेला दुनियाको परिवर्तन कसने गर्दछ भन्दाखेरि नेपाल कम्युनिष्ट पार्टी माले भन्ने पार्टी झापामा जन्मिएको छ । त्यसले एउटा ठूलो क्रान्तिकारी आन्दोलन हाकिराखेको छ । त्यसले गर्छ भन्ने मलाई अनुभूत भयो । त्यतिबेला झपालीहरुलाई पञ्चायतले गरेको कारवाही, झापालीहरुलाई गरेको हत्याले मलाई प्रभावित ग¥यो । त्यसकारण म तत्कालीन मालेसँग सम्वद्ध भएर अगाडि बढ्न थाले ।

अव विकास निर्माणको कुराको शुरु गरौं । यहाँ चाहि मुलुक संघीय संरचनामा गइसकेपछि पहिलो प्रदेश सभा निर्माचनबाट निर्वाचित प्रदेश सभा सदस्य । यहाँलाई प्यूठानको भूगोल धेरै थाहा छ । यहाँको अवस्था पनि यहाँलाई धेरै जानकारी छ । अब प्यूठानको विकासमा सबैभन्दा बढि प्राथमिकता दिनुपर्ने कुन क्षेत्र होला ?

मान्छेले विकास भन्दा के बुभ्mदा रहेछन् भन्दाखेरी भौतिक पूर्वाधारको विकास । जस्तोः बाटो खन्दिदाखेरी राम्रो मान्दिने । तर मलाई के लाग्दछ भने विशेष गरेर सामाजिक विकास शिक्षा, स्वास्थ्य विकासका सूचकहरु हुन् । विशेष गरी शिक्षालाई नै ध्यान दिइएन भने अरु भौतिक पूर्वाधारका कुराहरु झन् छायामा पर्छन् भन्ने मेरो दृष्टिकोण हो । भौतिक पूर्वाधार त विकास त हो नै । त्यस्तै खानेपानी एकदमै महत्वपूर्ण हो । जसले स्वच्छ खानेपानी पिउँछ उसको जीवन स्वस्थ हुन्छ । सफा स्वच्छ खानेपानीबाट शुरुवात गर्नुपर्छ जीवनको । त्यसको सँगै अहिले प्रविधिको विकास भएको छ । यसतर्फ पनि लाग्नुपर्दछ । समग्र रुपमा हेर्दाखेरी हाम्रो जिल्ला जति पढेलेखेको भए पनि तिनीहरु सबै बाहिर बसाइ सर्ने । शिक्षाको स्थितिमा खासै सुधार नहुने । हाम्रा ५ वटा कलेज सञ्चालन तथा व्यवस्थापन गर्न आच्द्धो आच्छो परेको छ । ती कलेजहरु जनताले उठाएर चलाउनुपर्ने । यस्ता समस्याहरु छन् र यी समस्याहरु समाधान गर्नुपर्छ । यसमा प्राथमिकता दिनुपर्दछ ।

यहिनेर कुरा गर्दा खेरी हामी लोकतन्त्र प्राप्तीको लडाई लड्यो । संविधान निर्माण ग¥यौं । संविधानमै यहाँले उठान गर्नुभएको शिक्षा स्वास्थ्य जस्ता विषयलाई मौलिक हककै रुपमा अंगिकार ग¥यौ । यहाँ प्यूठानबाट प्रतिनिधित्व गर्नुहुन्छ । अहिले अवस्था हेर्दाखेरी प्यूठान अस्पताल जुन प्रदेश मातहत छ । अहिले त्यहाँको अवस्था कन्तविजोग छ । त्यो कन्तविजोग अवस्था समाधान गर्न यहाँको के पहल भैराखेको छ ?

प्यूठान अस्पताल अहिलेको संघीय संरचना अनुसार व्यवस्थापन गर्ने सम्वन्धमा प्रदेश सरकारमार्फत चलाउने भनेको रहेछ नीतिगत रुपमा । त्यहाँ डक्टरहरु बस्न नचाहने, डक्टर नजाने गरेको पाइएको छ । उहाँहरुको विविध समस्या होलान् । डाक्टर मात्र हैन प्राविधिक लगायत अन्य कर्मचारी लेखापाल नै नभइरहेको अवस्थाबारे हामीले केन्द्र सरकार प्रदेश सरकार र लेखापालको सन्दर्भमा महालेखासम्म पनि पहल गरिराखेका छौं । तर पूर्णता भएको छैन । त्यहाँ एघारौ तहको डक्टर बस्ने हो । जिल्लाका अन्यत्र, खलंगा, भिंग्रीमा डक्टर बसिराखेका छन् । तर प्यूठान अस्पतालमा डाक्टर बस्दैनन् । त्यहाँको वातावरण ठिक छैन कि, यो बारेमा प्यूठान नगरपालिकाका मेयरसँग पनि मैले कुरा गरेको छ । यो बारेमा तपाई हामी प्यूठानलाई चिन्ता गर्ने मान्छेहरु बसेर ः डक्टरका समस्या के छन् ? किन डक्टर बस्न चाहदैनन् ? हामीहरुबाट त्यस्तो किसिमको कुनै अप्ठेरो उहाँहरुलाई छ कि ? ती कुरा पनि बुभ्mन जरुरी छ जस्तो लाग्छ । अहिले पनि डक्टरहरु दुई महिना बस्ने, आन्तरिक द्वन्द्व बढाउने त्यस्तो खालको पनि छ ।

अस्पतालको कुरा गर्दाखेरी अहिले अस्पतालले मेडिकल सुपरिटेण्डेण्ट पनि पाएको छैन । जिल्ला अस्पतालमा अस्पताल प्रमुख ल्याउन कत्तिको पहल भइरहेको छ ?

यसको लागि स्वास्थ्य मन्त्रालय, प्रदेशको सामाजिक मन्त्रालयमा पनि कुरा भएको छ । माथिबाट समायोजन गर्ने कुरा छदैछ । अनि एक पटक करारमा नियुक्त गरेर भएपनि चलाउनुपर्छ । भन्ने कुरा पनि ग¥यौ । यो समस्या भनेको पढेलेखेका मान्छेहरु काठमाण्डौ बस्न चाहने, दुर्गम जान नचाहने । यसलाई नीतिगत रुपमै दुर्गममा डाक्टर जाने व्यवस्था गर्नुपर्दछ । नेपालमा डाक्टर पढेका व्यक्तिहरु अनुभव लिन पनि अनिवार्य रुपमा यस्ता जिल्ला जानुपर्ने नीति बनाउने । त्यो नीतिलाई कार्यान्वयन गराउने । यो कुरा गराउनुपर्छ भनेर सरकारले बोलेको त छ । नीतिगत रुपमै केही परिमार्जन गर्न त खोजेको छ । तर पूर्ण रुपमा त्यो लागू भएको छैन । त्यसो भएको हुनाले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनै सरकारले यो कुरालाई तदारुकताकासाथ अगाडि बढाएर जानुपर्दछ ।

यो समस्या कहिलेसम्म समाधान होला ?

यो मितिमै समाधान होला भन्ने कुरा त भएन । यसको पहल भइराखेको छ । माथि संघीय स्वास्थ्य मन्त्रीसँग पनि कुरा पु¥याइएको छ । सचिवसित पनि कुरा पु¥याइएको छ । अब हाम्रो प्रदेश सरकारसँग पनि यो कुरा भनिएको छ । सदन चालु नभएकोले सदनमा बोल्न पाइएको छैन ।

अस्पतालको विषयको कुरा गदाखेरी आन्तरिक रुपमा बुभ्mदा त्यहाँ मेडिकल सुपरिटेण्डेण्ट र लेखापाल नभएको कारण औषधि तथा अन्य उपकरण खरीद प्रक्रिया समयमै अगाडि नबढ्दा ओषधि र उपकरणको अभाव हुने गरेको छ । विमा गरेकाहरुले विमाको औषधि पनि पाइरहेका छैनन् । यसको समाधान कहिले हुन्छ ?

विमा गरेकाले समेत औषधि पाएको छैन । यो दुःखको कुरा हो । यो बारेमा सदनमा समेत कुरा उठाएको छुँ । डक्टरको व्यवस्था भयो । त्यो डक्टर २ महिना नबस्दै फर्कियो । यो खालका समस्याहरु छन् ।, यसलाई तत्कालै समाधान गर्न लागिराखेका छौं ।

हुनतः यहाँ कार्यान्वयन गर्ने निकायमा हुनुहुन्न । कार्यान्वयन गर्ने सरकार हो । यहाँहरुले कानून बनाउने, निीति बनाउने हो । तर हामीकहाँ डाक्टर आउन्नन भन्ने मात्र होइन किन आउँदैनन् ? त्यो बारेमा अध्ययन गरेर त्यसको समाधान निकाल्ने पनि होइन र ?

हामी कस्ता भएछौ भने अलि स्वतन्त्रता बढि चाहने कर्तव्यलाई ध्यान नदिने हाम्रो आम प्रचलन बन्यो । कसमा कति मात्रा छ त्यो फरक कुरा हो । यो प्रवृत्तिहरु यो विगत ३० वर्षदेखि धेरै मात्रामा छ । यो सबै तहमा राजनीति, कर्मचारीतन्त्र जहाँ होस् । सबै क्षेत्रमा अलिकति अराजकतावादी सोचहरु हामीमा छन् । त्यो सोचलाई निर्मूल गर्ने भनेको वानी व्यवहारले हो । त्यसलाई बाध्यतात्मक बनाउने भनेको कानुन निर्माण गरेर हो । कानुन पालना गर्नुपर्छ नत्र भने हामी कार्वाहीमा पर्छौ भन्ने मान्यता विकास गरियो । यसमा मेरो, आप्mनो, इष्टमित्र, नातेदार, मेरो नजिकको भन्ने सोचबाट मुक्त गरियो भने सबै समस्या समाधान गर्न सकिन्छ । अहिले पनि यस्ता किसिमका प्रवृत्तिहरु छन् । यस विषयमा नीति बनाउने विषयमा हाम्रा समितिहरु क्रियाशिल छन् । ती समितिहरुले मन्त्रलालयलाई दवाव दिएर ती नीतिहरु बनाउन लागिपरेका छन् । हामीलाई तुरुन्तै पुस महिनाभित्र डाक्टरको व्यवस्था हुनुप¥यो । सिस्टमले गर्ने भन्दा पनि भनसुन गर्नुपर्ने कराउनुपर्ने । सदनमा बोल्दिनुपर्ने यो खाले प्रवृत्तिहरु हामीसँग छन् । यसलाई निमूल गर्न हामी लागेका छौं । हामी चाडै भन्दा चाडै यसलाई निर्मूल गर्नुपर्छ भन्नेमा छौ ।

खानेपानीको पनि एउटा प्रमुख समस्या मध्येको एक हो जिल्लामा यसको समाधानको लागि प्रदेशले के गर्दैछ ?

खानेपानीका योजनाहरु धेरै रहेका छन् । सरकारले अवको २ वर्ष भित्रमा खानेपानीको सुविधा पु¥याउने योजना छ । सरसफाइ र खानेपानीको सन्दर्भमा मागको आधारमा भइरहेका छन् । मुलुक संघीय संरचनामा गइसकेपछि कर्मचारीहरु समयमै उपलव्ध भएनन् योजना आयोग भएन । गतसालसम्म हामीलाई अप्ठेरो भयो । जिल्लामा हामीले पठाएको कर्मचारीले काम नगरेर त्यो कर्मचारीलाई निकालेर अर्को डि पठाउनुप¥यो । अहिले जिल्लामा खानेपानीको हिसावले ठूला ठूला खानेपानी आयोजनाहरु छन् । दाखाक्वाडीको ठूलो आयोजना संघ सरकारले सञ्चलन गरेको छ । प्रदेशले पनि व्यवस्थापन गरेको छ । बिजुली खानेपानी योजना ठूलो खानेपानी योजना, बर्जिवाङ खानेपानी आयोजना यस्ता खानेपानी आयोजनाहरु छन् । ती आयोजना पहिले संघले गरेका अहिले प्रदेशलाई सुम्पेका छन् । अर्को प्रदेशले आफै योजना बनाएका योजनाहरु पनि छन् ।

प्यूठानको यातायात क्षेत्रमा कायापलट ल्याउने भनिएको बहुप्रतिक्षित बाग्दुला भिमगिठे सडक जसको अहिले काम शुरु हुन सकिराखेको छैन । यसको लागि यहाँबाट के कस्तो पहल भैराखेको छ ?

यस विषयमा हामीले प्रधानमन्त्रीसँग कुराकानी ग¥यौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि हुनुहुन्थ्यो । भारतीय सहयोगबाट बन्न लागेको त्यो बाटो कालो सूचीमा परेको ठेकेदारलाई परेको कारण ढिलो भएको रहेछ । हामी गएर बुझिसकेपछि गम्भीरताकासाथ हामीले त्यो कुराको ध्यानाकर्षण गराएका छौं । यो योजना कुनै पनि हालतमा रोकिदैन भन्ने खालको उहाँबाट आश्वासन पाएका छौं । त्यसको प्रक्रिया मिलाएर तुरुन्तै काम गर्ने प्रधानमन्त्रीबाट आश्वासन पाएका छौं । दुबै जना प्रदेश समा सदस्यहरु, संविधान सभा सदस्य हिरा के.सी. सहित हामी गएका थियौं । केही समय अगाडि म त्यहीबाटोसँग सम्वन्धित बाटो कोइलावास लमही बाटोमा पुगेको थिए । त्यहाँ काम उत्साहपूर्वक धमाधम भइरहेको देख्दाखेरी खुशी लाग्यो । हाम्रो बाटो पछि परेको हुनाले दुःख लागिरहेको छ ।
यो दोस्रो सूचीमा रहेको ठेकेदारलाई कामको जिम्मा दिन मिल्दो रहेनछ ?त्यो ठेकेदारलाई कानुनी प्रक्रिया अनुसार हटाएर अर्को ठेकेदारलाई टेण्डर गर्ने बातावरण बनाएपछि पुनः टेण्डर गर्नुपर्दोरहेछ । पुनः टेण्डर गर्नको लागि यो यो भएको छ भनेर हामीले लेखेर बुझाएका छौं । अहिले नयाँ मन्त्री हुनुभएको छ । फेरी काठमाण्डौ गएर त्यसको पहल गर्ने हो ।

बाटोकै कुरा गर्दाखेरी मदन भण्डारी मार्गको प्यूठान खण्डमा बाटो निर्माणको लागि यहाँको पहल के भइराखेको छ ?

त्यसको गुल्मी खण्डमा काम भइराखेको छ । सिमलटारी–सौतामारे– मच्छि हुँदै जाने बाटो हो । यो बाटो मच्छी हुँदै बाग्दुला विजुवार चकचके देविस्थान हुँदै दाङ जाने सरकारले तय गरेको यही हो । यो बाटो परिवर्तन हुनुहुँदैन । मदन भण्डारीको नाममा खोलिने बाटो नागवेली हुनुहुँदैन । यस्तै प्रदेशले पनि पाल्पाको रामपुर कपुरकोट सम्मको एउटा प्रदेश मार्ग निर्माण गर्ने भनेर तय गरेको छ । यो योजना परिसकेको छ । म आफै प्राविधिक र मन्त्रीसहित कपुरकोट सम्म गएर त्यो बाटो हेरियो । करिव करिव ३०० किलोमिटर त्यो बाटो छ । त्यसलाई पनि बजेट छुट्याइएको छ । पूर्वतिरको टेण्डर भइसक्यो । हाम्रो प्यूठानतिरको अलिकति कागजपत्र मिलेका रहेनछन् र त्यो कागजपत्र प्रदेश योजना आयोगमा गएर मिलाएर त्यो टेण्डर पुनः खुलाउने भन्ने कुरो भएको छ । चाडै नै प्यूठान रोल्पा खण्डको पनि टेण्डर हुँदैछ । यो खलंगा–विजुवार–चितिखोला–आर्नेटा हुँदै सोत्रेबाट भिंग्री भिंग्रीबाट स्वर्गद्धारी हुँदै कपुरकोट लाने बाटो हो । ४ नम्वर प्रदेशको सिमानाबाट ५ नम्वर पुरै कभरेज गर्दै ६ नम्वर प्रदेशको सिमानासम्म बाटो लाने भन्ने हो । समपुरक कोषबाट हामीले माग गरेर पठाएको चेरनेटा–बरौला–पुरनठाटी–जोगिटारी बाटो अहिलेसम्म स्वीकृत भएको छैन । त्यसको स्वीकृतिको लागि हामीले पहल गरिराखेका छौं । स्याउलिवाङको बाटो एसएनआरटीपीले डिपिआर गरेको त्यो डिपिआर प्रयाप्त भएन । अहिले डिपिआर गर्नपर्छ भनेर लागिएको छ । त्यसलाई अहिले सांसद पूर्वाधार विकास कोष, प्रदेशको बजेटबाट छुट्याइएको छ । तर हामीले भन्न खोजेको जुन ढंगले त्यसलाई डिपिआर बनाएर त्यसलाई प्रोजेक्टको रुपमा लानुपर्ने हो त्यो लान सकिएको छैन । त्यसलाई प्रोजेक्टको रुपमा लानुपर्दछ भन्ने मान्यता बनाएका छौं ।

नदि नियन्त्रणमा १० करोड बजेट स्वीकृत भएको भनेको सुनिएको छ । यस अघि झिम्रुक नदि किनारमा लगाएको जाली त्यति व्यवस्थित देखिएको छैन । अहिले कसरी काम गर्दै हुनुहुन्छ ?

समपुरक कोषमा विशेष गरेर ५ करोड प्रदेश सरकारले ५ करोड केन्द्र सरकारले विनियोजन गरेको हो । यो योजनालाई बहुवर्षिय लानुपर्छ भनेर हामीले जुन डिपिआर बनाएका छौं । त्यसमा ठूलो परिमाणमा लागत अनुमान गरिएको छ । त्यसलाई पूरा गर्ने गरी एकदमै ठूलो प्याकेजमा दुई तीन वर्षभित्रै काम सक्ने हिसावले जानुपर्दछ भनिसकेपछि । यो सक्ने हिसावले विशेष गरी हाम्रो जलश्रोतमन्त्री वर्षामान पुनसँग कुराकानी भैसकेपछि यसलाई प्याकेजमा लान खोजिएको हो । राप्तीको जलाधार क्षेत्रसहित यसको बग्ने क्षेत्रको संरक्षण गर्नुपर्दछ यसको प्याकेजमा हामी जानुपर्दछ भन्ने हो । यसको लागि गतसाल योजना आयोगमै लिखित रुपमा दिएका थियौ । त्यो हिसावले केन्द्रको बजेट आएन तर अहिले चाहि प्रदेशमार्फत गरौं भनेर लागेको हो । यो योजना निरन्तर रुपमा अगाडि बढ्छ । यसका सहायक नदिहरुमा भइरहेको कटान कम गर्न पनि योजना तयार गरेका छौं ।

पर्यटनको क्षेत्रमा के के हुँदैछ ?

त्यस्तै पर्यटनको क्षेत्रमा पनि त्यही ढंगले प्रदेशबाट बजेट छुट्याइएको छ । जस्तो नौवहिनीको निम्ति । गौमुखीको निम्ति । भित्रिकोटको निम्ति । स्वर्गद्धारीको निम्ति । क्षेत्र महत्वपूर्ण धेरै छन् । त्यसभित्रको सबभन्दा महत्वपूर्ण स्वर्गद्धारी । स्वर्गद्धारीमा पनि एउटा धर्मशालाको लागि ३ करोड यो वर्ष छुट्याइएको हो । पार्क निर्माण भनेर अर्को बजेट छुट्याइएको छ । पूर्वाधार भनेर पार्कलाई बजेट छुट्याइएको छ । स्वर्गद्धारीबाट माथि बेलवास हुँदै जुम्रिकाँढाबाट फोप्ली हुँदै फोप्लीबाट तल बाहने हुँदै बाहनेबाट लुङको लेख दियाल्ना हुँदै यसरी गौमुखी जाने पर्यटन मार्गलाई पनि बजेट छुट्याइएको छ । त्यस्तै गरेर गौमुखी पदमार्ग भनेर बजेट छुट्याइएको छ । नौवहिनी संरक्षण भनेर पनि बजेट छुट्याइएको छ । भित्रिकोट दरवार संरक्षण भनेर पनि बजेट छुट्याइएको छ । प्यूठान जिल्लाका गर्नपर्ने धेरै ठाउँ छन् । तर ती क्षेत्र मुख्य मुख्य ठाउँ हुन् । तीनीहरुलाई अलिकति बढि प्राथमिकता दिनुपर्दछ ।

यतिसम्म हामीले पूर्वाधारको कुरा ग¥यौ । अब हामी आर्थिक उपार्जनको कुरा गरौं । अहिले हामी कस्ता भएका छौ भने पैसा नभई केही हुँदैन । जे गर्न पनि पैसा चाहिन्छ । तर हाम्रो जिल्लामा आर्थिक रुपले विपन्न परिवारको संख्या एकदमै धेरै छ । आर्थिक गतिविधि बढाउने प्रदेश सरकारको कृषि क्षेत्रको लगानी सदुपयोग भएन भन्ने छ । त्यसको सदुपयोगको लागि के गर्नुपर्ला ?

यसमा मलाई लागेको कुरा गर्छु । यो कुरा हामीलाई नमिठो लाग्न सक्दछ । हामी नेपालीमा यस्तो स्वभाव बस्यो कि पैसा कसरी ठग्ने ? यो खालको प्रवृत्ति मानिसमा भयो । जुन कृषिका कुरा गर्नुभयो – मान्छेले गर्छु भनेको छ । प्रोजेक्ट तयार गरेर पेश गरेको छ । गर्ला भनेर दियोे त्यहाँ जाँदाखेरी जुन किसिमले अनुगमनमा साथीहरु जानुभयो त्यहाँ त्यस्तो देखिएन । जुन उद्देश्यले सरकारले कृषकहरुलाई सम्वृद्ध गराउने भनेर योजना ल्याएको हो त्यो हुन सकेन । कृषक सम्वृद्ध भएपछि त कृषकले उत्पादन गरेको चिज बजारमा जान्छ । बजारमा जनताले किन्छ । अनि त्यो होटलमा जान्छ । होटल पनि राम्ररी चल्छन् । होटलको पनि सम्वृद्धि हुन्छ । यसरी समग्र रुपमा जनताको आयस्तरमा वृद्धि हुन्छ भनेर सोच्यो । तर जुन सोचाई हो त्यस्तो भएन । परम्परावादी पहिले जे जे गरेर कागजात मिलाइन्थ्यो त्यस्तो खालको छ भन्ने सुनिएको छ । यद्यपि त्यसको तथ्यगत कुरा हामीले अनुसन्धान गर्नुपर्छ हेर्नुपर्छ पर्छ भनेका छौं । त्यस्तो हो भने नितान्त खराव हो । हामीले सोचेको के हो भन्दाखेरी सबभन्दा पहिले मानिसको आदतमा परिवर्तन नभएसम्म हुँदैन । अव यसको लागि यस क्षेत्रका अभियन्ताहरुले पैरवी गर्नको लागि आवश्यक छ । जस्तो प्रदेशले जग्गा नभएकाहरुलाई जग्गा दिने नीति लिएको छ । उसको भाडा प्रदेश सरकारले तिरिदिने । काम गर्न जानेको छ तर उसँग खेती गर्ने ठाउँ छैन भने त्यो गर्ने । काम गर्न जान्या छन् । उसँग काम छैन भने फर्म सञ्चालन गर्ने पैसा प्रदेश सरकारले अनुदन दिने नीति त बनाएका छ र पैसा पनि दिन्छ तर मान्छेमा प्रवृत्ति के भयो त भन्दाखेरी गरेर हामी संवृद्ध हौ भन्दा पनि कसरी ठग्ने भन्ने मानिसमा प्रवृत्ति छ । यो प्रवृतिलाई हामीले अन्त्य नगरिकन देश सम्वृद्ध हुँदैन । मलाई लाग्छ । राजनीतिक दलको सरकार त हुन्छ । राजनीतिक दलका नेताहरु जनप्रतिनिधि त हुन्छन् । तिनले गर्ने भनेको आप्mनो पार्टीको निम्ति गर्ने होइन । मैले मेरो पार्टीको निम्ति गर्दैन, किमार्थ गर्दैन । पार्टीको कार्यक्रम जनताको कार्यक्रम हो । जनताको आवश्यकता छ । उसको शीप छ, काम गर्न इच्छूक छ । सबै डकुमेण्टहरु बनाएको छ भने त्यसलाई दिने हो । यसको मूल्यांकन गर्ने अनुगमन गर्ने हो ।

अहिले प्यूठानीहरुलाई धेरै जान्न मन लागेको अलि बढि चासो भएको विषय प्रदेशको राजधानी कहाँ बन्ने विषय छ । प्यूठानी लगायत प्रदेशका सबै जिल्लालाई भूगोल र दुरीका हिसावले पायक पर्ने भालुवाङ लमही क्षेत्र त्यहाँ राजधानी बनाउनलाई यहाँको के कस्ता पहल भइराखेको छ ?

मेरो प्रयास बढिभन्दा बढी यही क्षेत्रमै राजधानी बनाउने हुन्छ, भैराखेको छ । प्रयास भइराखेको छ भनेर बोल्दै हिड्न पनि बन्दो रहेनछ । यो झगडा गर्ने विषय होइन । सबै राजनीतिक दलहरुबीचमा सहमति गरेरै जानुपर्दछ । हामीलाई लागेको के हो त भन्दाखेरी भालुवाङ, बांगेसाल, पारी सितगंगा त्यो क्षेत्र एक प्रकारले प्रदेशको सेन्टर छ । पश्चिमको बर्दिया राजापुरबाट आउने, पूर्वी रुकुमबट आउने, पाल्पाको रामपुरबाट आउने, गुल्मीको खरिवाङबाट आउने, नवलपरासीको सुस्ताबाट आउने, दाउन्नेबाट आउने मान्छेहरुलाई सेन्टर हुने ठाउँमा बनाउनुप¥यो । एउटा कुरा । दोश्रो कुरा अहिलेको जुन किसिमको सोचको आधारमा यो संघीयता बनेको छ, त्यो भनेको के हो भने जनतालाई सेवा प्रवाह गर्ने क्रममा जनताको नजिक सरकार हुने हो । त्यसो भएको हुनाले जनताको नजिक हुने भनेको त सबको साझा केन्द्रमा हुनुप¥यो । त्यसकारण भालुवाङ त्यो केन्द्रमा पर्छ । भालुवाङमा राजधानी हुँदा सजिलो हुन्छ । त्यहाँ धेरै जग्गा पनि किन्नु पर्दैन । सरकारी जग्गाहरु छ भन्ने हिसावले जुन सुझाव प्यूठानबाट दिनुभएको छ । त्यो धेरैलाई ठिक लागेको छ । हामीले एउटा सहमतिको आधारमा राजधानी भालुवाङ क्षेत्र बनाउनुपर्छ भन्ने मान्यता राखेका छौं । त्यो ढंगले हामीले लविङ्ग गर्छौ ।

हाम्रो कुराकानीमा नसमेटिएको यहाँलाई भन्नै मन लागेको केही कुरा छ भने यहाँले भन्न सक्नुहुन्छ ?

मलाई आप्mना कुरा राख्ने समय दिनुभएको धेरै धेरै धन्यवाद छ । पाठकहरुलाई पनि धन्यवाद दिन चाहन्छु । केही टिकाटिप्पणी भए मलाई ९८५११—४२९०४ मा फोन गरेर  पनि मलाई सुझाव दिनु सक्नुहुन्छ । म आदरणीय जनसमुदाय आमा बुबा, दिदी, दाजुभाईलाई अनुरोध गर्न चाहन्छु र मलाई केही सल्लाह, सुझाव दिदै गर्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छुँ ।