अब प्यूठान अस्पताललाई प्रदेशकै नमुना गराउने बाटोतर्फ लाग्नुपर्छ : डा. पन्थी

अब प्यूठान अस्पताललाई प्रदेशकै नमुना गराउने बाटोतर्फ लाग्नुपर्छ : डा. पन्थी


प्यूठान जिल्लाको एकमात्र जिल्ला अस्पताल २०४५ सालमा स्थापना भएको हो । बिगत तीन दशकको यात्रामा यो अस्पतालले थुप्रै बिरामीहरुको उपचार गर्दै आइरहेको छ । प्यूठान जिल्ला मात्र नभएर छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, रोल्पा र दाङ जिल्लाका बिरामीहरुलाई समेत सेवा प्रदान गर्दै आइरहेको प्यूठान अस्पताल अहिले उपल्लो तहको डाक्टरविहीन बनेको छ । लामो समयसम्म अस्पताल प्रमुखविहीन बन्न पुगेको अस्पताल केही समय पुरै अस्तव्यस्त रह्यो । यही अस्तव्यस्तताकाबीच अस्पताललाई सुधार्ने अठोटकासाथ निमित्त मेडिकल सुपरिटेण्डेण्ट को जिम्मेवारी सम्हाल्दै डा. अमृत पन्थीसहितको डाक्टरको टोली हालै प्यूठान असप्पताल आइपुगेको छ। अस्पताल सुधारका लागि भए गरेका प्रयासहरुको बारेमा उनै निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. पन्थीसँग  सञ्जय रिजालले गरेको कुराकानी।

यहाँको अलिकति पृष्ठभूमि बताइदिनुहोस् न ?

मेरो घर बुटवल, मैले पढेर सकेको धुलिखेल अस्पताल, लोकसेवाको जागिरको प्रथम वर्ष पाल्पा रामपुर अस्पतालमा बिताए । त्यसपछि प्यूठानको स्वास्थ्य अवस्था एकदम बिग्रेको र अस्पताल अस्तव्यस्त भएको कुरा बाहिर सार्वजनिक भइरहेको थियो । म आपूm पनि प्यूठान गएर अलिकति सेवा गर्नुप¥यो भन्ने लागिरहेको थिया मन्त्रालयले मेरो नेतृत्वमा डाक्टरहरुको टिम नै त्यहाँ गएर सेवा गर्नु भनेर प्रस्ताव ग¥यो । त्यसपछि मैले हुन्छ ल भने । हामीहरु त्यहाँ गएर राम्रो सुधार गर्छौ, गरेर देखाउँछौं भनेर ५ जनाको मेडिकल डाक्टरको टिम नै भएर यहाँ आएका छौं । आएको पनि करिव एक महिना भन्दा बढि भयो ।

तपाई प्यूठान अस्पताल आउँदा अवस्था कस्तो थियो ?
आउँदाखेरी यहाँको विगतको अवस्था यो आर्थिक वर्षमा अस्पतालमा कोही पनि अख्तियार प्राप्त मेडिकल सुपरिटेण्डेण्ट नभएको रहेछ । अलिकति संक्रमणकाल जस्तो अवस्था भएको रहेछ । यहाँदेखि दिने सेवाहरुको सेवा प्रवाहमा अलिकति कमी आएको । त्यो सँगसँगै औषधि नपाइएको अनि डाक्टरसावहरुको जनशक्ति नै एकदम कम । समायोजनपछि सबै समायोजन भएर जानुभयो । कोही पनि यहाँ आउनुभएन । त्यो कारणले गर्दाखेरी अलिकति गाह्रो अवस्था रहेछ ।

तपाई यहाँ आएको एक महिना भइसक्यो । यहाँको जुन समस्या छ । त्यो समस्या समाधानको लागि यहाँले कुन कुराबाट शुरुवात गर्नुभयो ?

सबभन्दा पहिले म एउटा चिकित्सक भएको नाताले तथा प्रशासन सम्हाल्ने नाताले पनि यहाँभित्रको सिस्टम अलिकति दह्रो बनाउनुपर्छ भन्ने मेरो धारणा छ । अस्पताल भनेको एकदमै संवेदनशील क्षेत्र हो । अस्पताल स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बिरामीहरुले सहज रुपमा सेवा पाउनुपर्छ । सेवा निरन्तर हुनुपर्छ । सेवा चौबीसै घण्टा हुनुपर्छ म यहाँ आउँदा ल्याव चौबीसै घण्टा थिएन । जनशक्ति भर्ना गरेर ल्याव चौबीसै घण्टा बनाइयो । त्यसपछि एक्सरे पनि चौबीसै घण्टा थिएन । एक्सरे गर्नको लागि राती आउने बिरामीहरुलाई बाहिर पठाउनुपर्ने बाध्यता थियो । त्यो पनि अहिले अन्त्य भएकोे छ । त्यस सँगसँगै हामीले आमा सुरक्षा कार्यक्रममा अन्तर्गत नवजात शिशुहरु जन्मिसकेपछि अलिकति चिसोको समस्या धेरै देखिएको भएर त्यो तुरुन्तै समाधान गर्नको लागि न्यानो झोला बितरण कार्यक्रम अन्तर्गत न्यानो झोला खरीद गरेर त्यो पनि बितरण गर्ने प्रक्रिया शुरु भयो । हामीले थप सेवा बिस्तार गर्ने क्रममा फिजियोथेरापी सेवा बिस्तार गर्न जनशक्ति थपिइसकेको छ । यसको लागि माथिल्लो निकायसँग लविङ्ग भइराखेको छ । अब त्यो सबै साधनहरु आयो भने हामीले फिजियोथेरापी सेवा पनि मज्जाले दिन सक्छौ । यो आर्थिक वर्षमा हाम्रो अस्पतालमा प्रशुती भएको महिलाहरुले यातायात खर्च र प्रशुती प्रोत्साहन भत्ता जुन नेपाल सरकारले दिएको थियो त्यो बन्द भएको रहेछ । त्यो पनि अहिले शुरु भएरसाउनदेखि यता प्रशुती भएका महिलाहरुको भत्ता क्रमशः रुपमा बितरण भइराखेको छ । त्यो पनि एकदम राम्रो काम भइराखेको छ ।

अस्पतालमा बिरामीको चापको अवस्था कस्तो छ ?
अहिले मौसमको कारणले पनि होला जाडोमा संक्रमण रोगहरु अलि कम हुन्छ गर्मीको तुलनामा । त्यो कारणले अहिले हाम्रो चैत्र बैशाखमा जति बिरामी हुन्छन् त्यो भन्दा अलिकति दर कम छ । त्यो सँगसँगै अस्पतालको अलिकति संक्रमण काल भएर पनि हुनसक्छ बिमाका बिरामीहरु पनि औषधि पाइन्न, किन जाने ? भन्ने जस्तो छ होला गुनासो ।
अहिले बिमाकै सन्दर्भमा कुरा गरौ । बिमा गर्नेहरु अहिले अस्पतालबाट लामो समयदेखि औषधि पाइराखेका छैनन् । यस बारेमा के कस्ता कामहरु भइराखेका छन् । कहिलेदेखि बिमा गरेका बिरामीहरुले औषधि पाउँछन् ?

अघि मैले तपाईलाई जानकारी पनि गराइसके अस्पताल अलिकति संक्रमण कालमा गएको भएर अहिले बिमाको लागि पर्याप्त औषधि हामीसँग छैन । त्यतिबेला अख्तियार प्राप्त प्रमुख नभएकोले त्यो समयमा सबै औषधिहरु खरीद हुन सकेन । औषधिहरु नियमपूर्वक नै खरीद गर्नुपर्ने हुन्छ । कसैले ल्याएर दिन मिल्ने हुँदैन । त्यो भएको भएर त्यसमा अलिकति औषधि नपाएर बिमितहरु अब किन बिमा गर्ने ? औषधि नपाएपछि बाहिरबाट औषधि किन्नुपर्ने भएकोले बिमितहरु अलिकति निराश हुनुभएको होला । त्यो बिषयलाई पनि सम्वोधन गर्नलाई म आइसकेपछि औषधि खरीदको प्रक्रिया पनि नियमपूर्वक नै टेण्डरको काम पनि शुरु भइसकेको छ । करिव एक दुई महिना जतिमा टेण्डरको औषधि पनिआइपुग्छ । जुन विमितहरुहरुले पनि पाउनुहुन्छ । त्यो सँगसँगै पनि अहिलेको यो जाडो मौसममा दम, प्रेसर, मधुमेह जस्ता रोगहरुको औषधि तत्कालै यहाँको सेवाग्राहीहरुले नपाइरहेको अवस्थामा तत्काल त्यसको पूर्ति गर्नको निमित्त हामीले केही थोरै रकमको यो एक दुई महिनालाई पुग्ने गरेर औषधि चाहि ल्याइसकेका छौं । त्यो बितरण कार्य पनि शुरु भैसकेको छ । अहिले फार्मेसीमा औषधि छ । सबै औषधि त छैन । त्यसमा अहिलेको हाम्रो मुख्य रोगहरु यहाँ के के आउँछन् त्यसको आधारमा ४०÷५० थरी औषधिहरु आइसकेका छन् । अन्य औषधिहरु अब टेण्डर प्रक्रिया गरेर नियमपूर्वक नै खरीद गरिने छ ।

अपस्तालमा जनशक्तिको अवस्था कस्तो छ ?

अब ५० शैयाको अस्पताल बनिसकेपछि मेडिकल अधिकृत र कन्सलटेण्ट डाक्टरसावहरु एमडी गरिसक्नुभएका डाक्टरसावहरुको दरवन्दी यहाँ १४ जना जति छ । अहिलेको अवस्थामा हामी ३ जना जति पदपूर्ति भएको अवस्था छ । कन्सलटेण्ट डाक्टरसावहरु ९ जनामध्ये कोही पनि हुनुहुन्न । अब त्यसमा करारको डाक्टरसावहरु १ जना कन्सलटेण्ट हुनुहुन्छ । करारको मेडिकल अफिसरहरु ५÷६ जना जति हुनुहुन्छ । ७÷८ जनाको टिमले यो पूरा जिल्ला अस्पतालको दिनमा १५० देखि २०० जना बिरामी आउने अस्पतालभित्र सरदर ३० बेड सधै नै बिरामीले भरिएका हुन्छन् । त्यो सँगसँगै हाम्रो भिडियो एक्सरे सेवा, पोष्टमार्टम सेवाहरु दिनलाई हम्मे हम्मे नै परेको छ । अस्पतालमा मानवश्रोत एकदमै कमी भएको छ । ५० बेडको जिल्ला अस्पतालमा यति थोरै जनशक्तिले म्यानेज गर्न गाह्रो भएको छ । तर हाम्रो टिममा आउनुभएको साथीहरु हरदम प्रयास गरेर यसलाई एकदम राम्रो बनाउनुपर्छ, यसलाई सुधार्नुपर्छ भन्ने बाटोमा लागिराख्नुभएको छ ।

विगतदेखि नै जिल्ला अस्पतालमा डाक्टर नबस्ने समस्या रहदै आएको छ । अस्पतालमा डाक्टर बस्ने बातावरण बनाउन जिल्लावासीले केही भूमिका गर्न सक्छन् ?

हाम्रो अस्पताल राजधानी तथा ठूला शहरबाट अलिकति टाढा भयो । त्यो सँगसँगै यहाँको राजनीतिक रुपले पनि सहयोग गर्ने बातावरण हुनुपर्छ । डाक्टरसावहरु भनेको अहिलेको सन्दर्भमा हेर्दाखेरी नेपालभर नै डाक्टरहरु धेरै हुनुभयो भन्ने छैन । यसमा जहाँ पनि उहाँहरुलाई अवसर आइरहेको हुन्छ । उहाँहरुलाई जनप्रतिनिधिहरुले राजनैतिक रुपले सहयोग गर्नुप¥यो । यसमा सुरक्षाको कुरा आउँछ । कहिलेकाहि हाम्रो अस्पतालमा पनि घट्ने घटनाहरु हुन्छन् । डाक्टरसावहरुहले आपूmले जानेको ज्ञानले भ्याएको, ६÷७ वर्ष पढेको र कम्तीमा पनि २÷३ वर्ष अनुभव रहेको उहाँहरु सबैको ज्ञान दक्षताले भ्याएसम्म राम्रो गर्ने भनेर गर्नुभएको हुन्छ केशहरु । कहिलेकाहि कदमकदाचित हामीले कल्पनै नगरेको जुन मेडिकल इररहरु हुन्छन् । जुन हामीले कल्पना नगर्दा नगर्दै पनि भवितव्य तरिकाले आउँछन् । त्यस्तो कारणहरुले गर्दाखेरी डाक्टरसावहरुलाई सुरक्षाको समस्या हुन्छ ।

५० शैयाको अस्पताल सञ्चालन गर्नको लागि भौतिक पूर्वाधारको समस्या छ भनिन्छ । पूर्वाधारमा हाम्रो सबैभन्दा पहिलो आवश्यकता के हो र क्रमशः के के कुरा सुधार गर्दै जानुपर्ने छ ?
हाम्रो यो प्यूठान जिल्ला अस्पताल पहिला १५ शैयाको अस्पताल हो । २०४५ सालमा १५ शैयाको संरचना बनेको अस्पताल हो । त्यतिबेला प्यूठानको जनसंख्या पनि एकदमै कम थियो होला । अहिले जनसंख्या धेरै बढिसकेको छ । त्यो सँगसँगै हाम्रो प्यूठान अस्पतालमा गुल्मी, अर्घाखाँची, रोल्पा र दाङ को पनि उत्तरी भागबाट सेवा लिन आइराख्नुभएको छ । सरदर दिनमा हेर्दाखेरी १५० देखि २०० जना अहिलेको जाडो सिजनमा बिरामी आउने गरेका छन् भने गर्मी सिजनमा त ३०० देखि ४०० सम्म बिरामी उकालो लाग्ने हुन्छ । यो संख्यालाई यो भौतिक संरचनाले अलिकति थाम्न गाह्रो नै हुन्छ । त्यो सँगसँगै पनि अहिले मैले देखेको फिजियोथेरापी विभाग स्थापना गर्ने भन्ने कुरो छ । यसैको लागि ठाउँ कतापट्टी बनाउने होला भन्ने समस्या भइराखेको छ । कोठा कही पनि छैनन् । अहिले स्पेसको एकदमै कमी छ । अब यसलाई कसरी बनाउन सकिन्छ । यसको लागि माथिल्लो निकायसँग पनि कुरा भइराखेको छ । बाहिरतिर कतै बनाउन सकिने हो कि, यही कतै अलिकति थपेर बनाउन सकिने हो कि, यही संरचनालाई भत्काएर ५० शैयाको अस्पताल बनाउने हो कि भन्ने कुरामा छलफल भइराखेको छ ।
भौतिक पूर्वाधार बाहेक मेशनरी तथा उपकण लगायत अन्य कुराहरुमा के कस्ता समस्याहरु छन् ?
५० शैयाको अस्पतालमा पनि ल्याव उस्तै साँघुरो भइराखेको छ । जनशक्ति बाहिरदेखि आइराख्नुभएको हुन्छ उहाँहरुको बस्ने क्वाटरको व्यवस्था, उहाँहरुलाई दिने सुविधा सँगसँगै अप्रेशन थिएटरको सेटअप, मिल्यो भने हामी इन्डोस्कोपी पनि थप्ने कि भन्ने सोचाइमा गइरहेका छौं । यसको लागि सबै उपकरणहरु त त्यतिखेर खरीद गरेको अहिले जिर्ण अवस्थामा छन् । अब अहिलेको नयाँ प्रविधि सँगसँगै अस्पताललाई लैजान सक्यौ भने यहाँको सेवा पनि एकदमै राम्रो हुन्छ ।

प्यूठान अस्पतालको सुधार तथा स्तर वृद्धिका लागि के कस्ता प्रयासहरु भइराखेको छ ?

अहिले हाम्रो यो टिम नै आइसकेपछि अस्पतालमा यो डेढ महिनाको अवधिमा अलिकति परिवर्तनहरु आइसकेको छ । बिशेषतः हामीलाई अलिकति स्पेस कमी छ । भौतिक अवस्था अलिकति जिर्ण छ । यसलाई कसरी सुधार गर्न सकिन्छ ? अथवा कतै लिएर गएर निर्माण गर्न सकिने हो कि । यही निर्माण गरिने हो कि कसरी हुन्छ यहाँको भौतिक सुधार गर्नुपर्छ भन्ने कुरामा केन्द्रित रहन्छौ । यहाँबाट दिने सेवा बिस्तार गर्ने कुरामा हामी केन्द्रित हुन्छौं । अब हामीले पुरै बिरामीलाई बेहोस पारेर गर्ने अप्रेशनहरु, इण्डोस्कोपी, फिजियोथेरापी जस्ता सेवाहरु थप गर्ने सम्वन्धमा कोशिस गरिरहेका छौं । गुणस्तरीय सेवाका लागि जनशक्तिहरु कसरी थप्न सकिन्छ । जुन एमडी गरिसक्नुभएको डाक्टरहरुलाई कसरी ल्याउन सकिन्छ ? बाल रोग विशेषज्ञलाई कसरी ल्याउन सकिन्छ ? कसरी प्रशुती रोग विशेषज्ञलाई ल्याउन सकिन्छ ? कसरी जनरल फिजिशियन ल्याउन सकिन्छ ? भन्ने कुरामा हामी केन्द्रित रहन्छौं ।

अहिले रोगको अवस्था हेर्दाखेरी अन्यत्र जस्तै प्यूठान जिल्लामा पनि नसर्ने रोगको दर बढेको देखिन्छ । यस सम्वन्धमा अस्पतालले आप्mनो क्षमता अनुसारको उपचारात्मक सेवा त प्रदान गर्दै आएको छ तर यसको प्रिभेन्टीभको लागि अस्पतालले केही योजना लिएको छ ?
मुख्यतः ५० शैयाको जिल्ला अस्पतालले बिशेषतः उपचारात्मक सेवातर्फ अलि बढि ध्यान दिनुपर्ने हुन्छ । प्रिभेन्टीभलाई ध्यान नदिने नकार्ने भन्न खोजेको त होइन । प्रिभेन्टिभलाई पनि साथसाथै अगाडि लैजान सकियो भने एकदमै राम्रो हुन्छ । तपाइले भनेजस्तै अहिले मधुमेह, हाइपरटेन्सन, क्यान्सर, महिलामा हुने सर्भाइकल क्यान्सर, मोटोपना एकदमै बढ्दै गएको छ । नसर्ने यी रोगहरुको पछिल्लो समय प्रकोप बढी छ । यसको लागि अहिले हामी क्युरेटिभमा नै केन्द्रित छौं । हाम्रो अस्पताल पनि अलि सुधार भइ नै राखेको छ । सँगसँगै डाक्टरहरु पनि आउनुभएको छ । अलिकति जनशक्ती बढाउन सकियो र त्यसलाई पनि स्पेस राख्न सकियो भने हामीले मधुमेहहरुको स्पेशल हप्तामा एक दिन क्लास, अथवा हप्तामा एक दिन जनचेतना जगाउने क्लासहरु राख्न सकिन्छ । त्यो राख्न पहल गर्ने योजना रहेको छ ।

अस्तव्यस्त अवस्थामा रहेको प्यूठान अस्पताललाई केही सुधार गर्ने अठोटकासाथ यहाँ प्यूठान आउनुभएको छ । अस्पतालको सुधारको लागि यहाँले प्राथमिकताका आधारमा एक दुई तीन भनेर भन्दा कुन कुन कुरा अगाडि बढाउँदै हुनुहुन्छ ?

पहिलेको अवस्थाको तुलनामा यो डेढ महिनाको अवधिमा केही सुधारको कामहरुको शुरुवात गरिसकेका छौं । हाम्रो पहिलो प्राथमिकता भनेको यहाँबाट दिने सेवामा मै केन्द्रित हुन्छ । अब हामीले सबै डाक्टरहरुबाटै सेवा पाउनुपर्छ । ओपिडीमा डाक्टरहरु नै बस्नुपर्छ । उहाँहरुले नै सेवा दिनुपर्छ । इमरजेन्सीमा पनि डाक्टरबाटै सेवा पाउनुपर्छ । सँगसँगै थप सेवाहरु बढाउनुपर्दछ । हाम्रो ल्याव यहाँ हामीले गर्ने जति टेष्टहरु छन् त्यसलाई बढाउनुपर्दछ । एक्सरे छदैछ,, भिडियो एक्सरे मजाले सुचारु छ । सेवामा पहिलो प्राथमिकता छ हाम्रो । दोश्रोमा जनशक्तिको व्यवस्थापन छ । त्यसलाई पनि प्राथमिकतामै राख्नुपर्दछ । तेस्रोमा भौतिक संरचना । केही गराउनको लागि आवश्यक भौतिक पूर्वाधार हो त्यसको एकदमै कमी छ । ठाउँको कमी छ । हाम्रो डिपार्टमेण्टमा हेर्दाखेरी प्रशासनमा एउटा कोठामै तीन जना बसिराख्नुभएको अवस्था छ । कसरी हुन्छ, स्पेस बढाएर अलिकति फैलाउनुपर्ने छ यो अस्पताललाई ।
हाम्रो यस अघिको कुराकानीमा छुटेको यहाँलाई भन्नै मन लागेको केही कुरा भए भन्न सक्नुहुन्छ ?
हामी सबै टिम भएर अस्पताल सुधार्नुपर्छ भनेर लागिराखेका छौं । यसको लागि जनप्रतिनिधिहरु, यहाँको सबै सरोकारवालाहरु, सबै नागरिकहरुबाट हामीलाई सहयोग चाहिन्छ । सामान्य हिसावले पनि एउटा बिरामीलाई इण्डोस्कोपी गर्नुपर्दाखेरी यहाँदेखि आठ हजार एम्वुलेन्समा खर्च गरेर बुटवल जानुपर्ने अवस्था छ । एक दुई दिन समय खर्च हुन्छ । त्यो सबै सेवाहरु जनशक्ति ल्याएर हुन्छ कि, सामाग्री ल्याएर हुन्छ, अब कसरी हुन्छ । बुटवलबाट दिने सेवा हामीले प्यूठान जिल्ला अस्पतालबाट दिन सक्यौ भने वहाँहरुलाई एकदम सहज हुने थियो । बिरामीहरुले मजाले सेवा पाउनुहुने थियो । उहाँहरु सन्तुष्ट हुनुहुने थियो । त्यो गर्नको लागि सबै सरोकारवाला निकाय सँगसँगै हाम्रो तालुक मन्त्रालयले र यहाँको जनप्रतिनिधिहरुले एकसाथ भएर लाग्नुपर्दछ । यसमा सबैको सहयोगको हामीले अपेक्षा गर्दछौं । अब यो अस्पताललाई प्रदेशकै नमुना अस्पताल गराउने बाटोतर्फ लाग्नुपर्छ ।