घरमै बसौ, सन्तुलित आहार खाऔं, बाहिर भिडभाडमा नजाऔं : स्वास्थ्य प्रमुख सुवेदी

घरमै बसौ, सन्तुलित आहार खाऔं, बाहिर भिडभाडमा नजाऔं : स्वास्थ्य प्रमुख सुवेदी

हाम्रो विकास प्रक्रियालाई नै अवरुद्ध पार्न सक्ने कोरोना भाइरसको महामारी यतिवेला विश्वभर फैलिदै आएको छ । नेपालमा पनि यसबाट ४ जना संक्रमित व्यक्ति भेटिइसकेका छन् । चैत्र ११ गतेदेखि नेपालभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कोरोना भाइरस कोभिड– १९ महामारीबाट बच्न प्यूठान जिल्ला तहमा विभिन्न प्रयासहरु भइरहेका छन् । ती प्रयासहरुको बारेमा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य तथा स्वास्थ्य कार्यालयका प्रमुख बिशाल सुवेदीसँग पत्रकार सञ्जय रिजालले गरेको कुराकानी ।
अहिले हामी कोभिड नाइन्टिङ्ग भाइरस संक्रमणको जोखिमको नजिक छौं । यो कस्तो भाइरस हो ?
खासगरी यो चाइनाको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसले गर्दा हुने कोभिड १९ रोग हो, जुन चाहि यसभन्दा अगाडि नै सन् २००२ मा नै पत्ता लागिसकेको थियो । खासगरी चिनमा असाध्यै ठूलो संख्यामा त्यो बेला पनि मानिसहरुको मृत्यु भएको अवस्था हो । अहिले आएर पुनः चिनमा अत्यधिक संख्यामा संक्रमण गराई अत्यधिक राष्ट्रहरुमा फैलिइसकेको यो रोग नेपालमा पनि उच्च जोखिमको रुपमा विश्व स्वास्थ्य संगठनले राखेको छ । हामीले अहिले उच्च सतर्कता अपनाइराखेका छौं ।
जिल्ला विपद् जोखिम व्यवस्थापनको यहाँ स्वास्थ्य कलष्टर प्रमुख पनि हुनुहुन्छ ? यो विपद्को पूर्व तयारी कसरी भइराखेको छ ?
एकैपटक, एकैचोटि राष्ट्र नै लाग्नुपर्ने अवस्थामा प्यूठान जिल्लामा पनि विभिन्न गतिविधिहरु भइराखेका छन् । यो जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति छ । जिल्ला विपद् व्यवस्थापन समितिमा सम्पूर्ण स्थानीय सरकारका प्रमुखहरु हुनुहुन्छ । स्वास्थ्य कार्यालय लगायत अन्य विषयगत निकायका प्रतिनिधिहरु यसमा हुनुहुन्छ । खासगरी बैठक बस्ने, समन्वय गर्ने र सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि विविध कार्यक्रमहरु हामीले गर्दै आइरहेका छौं । भोलि गएर हुने जोखिमलाईन्यूनीकरण गर्नका लागि नेपाल बाहिर भारत लगायत अन्य मुलुकबाट जिल्लामा आउने नागरिकहरु हुनुहुन्छ । उहाँहरुको तथ्यांक संकलन गर्ने, क्वारेन्टाइनहरु स्थापना गर्ने, आइशोलेशनहरु स्थापना गर्ने काममा हामी अग्रसर भएका छौं । तीनै तहका सरकार – संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच उचित समन्वय भइराखेको छ ।
अहिले यो क्वारेन्टाइन शव्द एकदम सुनिन आएको छ । यो क्वारेन्टाइन भनेको के हो?
खासगरी उच्च जोखिमको स्थानबाट प्रवेश गरेको जुनसुकै नागरिक भोलि उसलाइ सम्भावित जोखिम हुन सक्ला कि भनेर, रोगको संक्रमण नफैलिदै, उसलाई लक्षण वा चिन्ह देखा नपर्दै जसको निश्चित अवधि हुन्छ । शरीरमा भाइरस प्रवेश गरिसकेपछि भाइरसले रोगको लक्षण देखाएर रोगको अवस्थामा गइसक्ने जुन अवधि छ, यसको लागि हामीले १४ दिनको अवधि भनेका छौं । त्यो अवधिमा उसलाई चिन्ह अथवा लक्षण नदेखिदै र उसलाई देखिइसकेको छ भने अरुलाई सार्न नसकोस् भन्नका लागि छुट्टै राख्ने जुन विधि छ त्यो विधिलाई हामी क्वारेण्टाइन भन्छौं । त्यसरी संक्रमित पहिचान नभएको व्यक्तिसँग भएको भाइरस अथवा थुकको छिटा, ¥याल अथवा सिंगानको माध्यमबाट अरु व्यक्तिमा प्रवेश नगरोस् भन्नका लागि जुन अलग्गै राख्ने पद्दति हुन्छ । त्यस पद्दतिलाई हामी क्वारेण्टाइन भन्छौं ।
प्यूठान जिल्लाका सबै स्थानीय तहहरुले क्वारेन्टाइन बनाएको र करिव २०० क्वारेन्टाइन शैया तयार भएको भन्ने समाचार प्रकाशमा आएको छ । क्वारेण्टाइनको शैया संख्या अझ बढाउनुपर्ने हो वा हामीलाई त्यति भए पुग्ने हो ?
पक्कै पनि हाम्रो प्यूठानका अधिकांश दाजुभाई तथा दिदीबहिनीहरु कामको लागि भारत वा अन्य मुलुककमा जाने ट्रेण्ड अत्यन्त बढिरहेको छ । अहिले पछिल्लो समयमा भारतबाट जिल्लामा आउने प्यूठानी दाजुभाई तथा दिदीबहिनीहरु उल्लेख्य रुपमा आउनुभएको छ । उहाँहरु सबै क्वारेन्टाइनमै बस्नुपर्छ भन्ने होइन । खासगरी हामीले टे«ेसिङ्ग गरेर जुन संख्या निकालेका छौं, जुन सबै गाउँपालिका नगरपालिका स्थानीय तहको नेतृत्वमा पहल भएको छ । त्यहाँबाट आएको तथ्यांकमा हाम्रो दैनिक रुपमा त्यस्ता कोभिड १९ सँग मिल्दा जुल्दा चिन्ह तथा लक्षण देखा परेका, जति पनि स्थानीय स्वास्थ्य संस्थामा उपचारमा आउनुभएको छ । उहाँहरुलाई हामीले कुन तहको सम्मलाई घरमै बसेर सेल्फ क्वारेन्टाइनको लागि सल्लाह दिने, कुन तहको लागि स्थानीय तह सरकारले बनाएका क्वारेन्टाइनमा राख्ने र कुन तहको लागि त्यो भन्दा उच्चतम निकायमा पठाउनुपर्ने अथवाआइशोलेसनमै राख्नुपर्ने प्रवन्ध जुन निर्देशिकाले निर्दिष्ट गरेको छ । त्यही अनुसार नै हामीले व्यवस्थापन गरेका छौं । अहिलेको हिसावमास्थानीय सरकारहरु जागरुक भएर जुन संख्यामा क्वारेन्टाइन बनेका छन् अहिलेलाई यो संख्या प्रयाप्त छ । र पनि हामीले यो संख्या बढ्न सक्छ, थप संख्या हामीलाई चाहिन सक्छ भनेर हरेक वडास्तरमा हामीले लविङ्ग गरिरहेका छौं । विद्यालय, आमा समूहका भवन, बैठक सभाहल क्वारेन्टाइनको लागि हामीले सम्भावित ठाउँ पहिचान गर्ने काम पनि भइराखेको छ
क्वारेन्टाइन निर्माण तयारी हुँदै गर्दा तीनीहरुमा गुणस्तरीय तथा अत्यावश्यक सुविधा समेत छैनन् भन्ने समाचारहरु पनि प्रकाशमा आइरहेका छन् । अवस्था कस्तो हो ?
क्वारेन्टाइन स्थल मापदण्ड २०७६ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको छ । सबै स्थानीय तहलाई हामीले पत्राचार पनि गरिसकेका छौं । यसको मापदण्ड पनि हामीले पठाइसकेको छौं । होला केही प्राविधिक रुपमा स्थानीय भूगोल स्थानीय बजार, स्थानीय श्रोत साधनलाई अंगिकार गर्दैगर्दा केही कुराहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नहुन सक्ला । र पनि हामीले शुरुवात गरेर जुन पहल भएको छ त्यो सह्रानीय छ । यसमा सर्वपक्षीय सहयोग, सर्वपक्षीय पृष्ठपोषण, सर्वपक्षीय सुझावले गर्दा हामीले यसलाई सुधार्दै जाने छौं । खासगरी विश्वलाई नै नयाँ रोगको रुपमा यो रोग आएकोले विश्व नै सिकाइको चरणमा छ । यो रोगको प्रकृति कस्तो छ भने आज हामी एउटा विषयमा सार्वजनिक गर्छौ, मेडिकल साइन्सले भोलि अर्को कुरा सार्वजनिक गर्छ । अन्तराष्ट्रिय समुदायलाई नै अध्ययनको विषय यो बनेको छ । भोलिका दिनमा हामीले मापदण्ड अनुसारको क्वारेन्टाइन बनाउने छौं र त्यसका लागि पनि लागिपरेका छौं ।
अहिले मान्छेहरु अलि अलि ज्वरो आयो, केही कोविड १९ को लक्षण देखियो भने अत्तालिने अवस्था छ । त्यस्तो खालका विरामी पहिलोपटक कहाँ जानुपर्ने हो ?
आम नेपाली जनता प्यूठानी जनता स्वास्थ्य सम्वन्धी सजग भएको असाध्यै राम्रो कुरा हो । प्यूठान जिल्लाका ६४ वटै वडामा स्वास्थ्यको संरचना स्थापना भइसकेको छ । यसको चिन्ह तथा लक्षणप्रति हामी सबै सचेत भइसकेका छौं । विशेष गरी भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिहरुमा त्यस्ता खालका चिन्ह तथा लक्षण देखिदा वित्तिकै अत्यन्त सजग भएर स्थानीय स्वास्थ्य संस्थासम्म आउनुभएको छ । यो असाध्यै राम्रो उहाँहरुको पहल र प्रयास छ । सबैभन्दा पहिले जानुपर्ने स्थान भनेको स्थानीय रुपमा रहेको स्वास्थ्य संस्था हो । अथवा स्वास्थ्यकर्मी हो । उहाँहरु जानु पनि पर्दैन उहाँहरुले खवर गरेर स्थानीय स्वास्थ्य चौकी प्रमुखहरु, आधारभूत स्वास्थ्य चौकी प्रमुखहरुको नम्वरहरु सार्वजनिक गरिएको छ । विरामीहरुको घरमै गएर सेवा दिने व्यवस्था मिलाइएको छ । घरमै गएर सम्वन्धित चिन्ह तथा लक्षण मिल्ने जो कोही हुनुहुन्छ उहाँहरुलाई पहिलो चरणमा उहाँहरुको हिस्ट्री लिने, उहाँहरुले गर्दै आएका चालचलनका बारेमा अवलोकन गर्ने, क्वारेन्टाइन वा उहाँहरुले गर्नुपर्ने व्यक्तिगत सरसफाई अपनाउनुभएको छ कि छैन त्यो कुरा अवलोकन गर्ने साथसाथै पहिलो चरणमा गरिने चिन्ह तथा लक्षणको आधारमा गरिने उपचार छ त्यो उपचार स्थानीय तवरबाटै गर्ने भन्ने चाजोपाजो मिलाइएको छ । त्यो तहको प्रक्रियाबाट पूरा हुन सकेन भने जिल्ला अस्पताल, नजिकमा प्राथमिक स्वास्थ्य केन्द्रहरु छन् त्यहाँ चिकित्सकको व्यवस्था छ । त्यहाँ पनि उपलव्ध हुन सकेन भने यसलाई आइशोलेशनमा राख्ने उसको ¥याल, सिंगान, नोजल स्वाव निकालेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्न पठाउने । छुट्टै आइशोलेशन वार्डमा राखेर उसको निगरानी गर्ने सूचना पनि हामीले सार्वजनिक गरिरहेका छौं । यो कुुरा सबैलाई सुसूचित गराउनुहुन पनि यो मिडियामार्फत म अनुरोध गर्न चाहन्छुँ ।
अहिले कस्तो देखिन्छ भने विशेष गरी भारतबाट पैदल नै हिडेर मानिसहरु जिल्ला भित्रिइरहेका छन् । हामीले हेल्प डेस्क राखेर उनीहरुको निगरानी पनि गरिराखेका छौं । यो कहिलेसम्म लकडाउन गर्नुपर्ने स्थिति हो ?
पक्कै पनि यो सबैको जिज्ञासा हुनसक्छ । गत चैत्र ११ गतेदेखि देश नै लकडाउनको अवस्थामा पुगेको छ । प्यूठान पनि पक्कै पनि लकडाउनकै अवस्थामा छ । भारतका विभिन्न शहरबाट नेपाल आउने नागरिकहरु पैदल यात्रा गरेरै भएपनि जिल्ला प्रवेश गरिराखेको अवस्था छ । हामीले यही चैतको १० गतेदेखि नै जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा सरुमारानी गाउँपालिकाको वडा नं. २ मा स्वास्थ्य सहायता कक्ष स्थापना गरेर प्यूठान र रोल्पा भित्र प्रवेश गर्ने यात्रुहरुको सामान्य स्वास्थ्य जाँच भाइरस संक्रमण सम्वन्धी परामर्श र १४ दिन होम क्वारेन्टाइनमा बस्ने कुरा परामर्श दिइएको थियो । पछि लकडाउनको अवस्थामा असाध्यै न्यून यात्रुहरुको प्रवेश भइरहेको हिसावले गत शुक्रवारदेखि हामीले हेल्प डेस्क सञ्चालन गर्न त्यति सान्दर्भिक मानेनैं स्थानीय स्तरमा रहेका महिला स्वास्थ्य स्वयमसेविकाबाट, जनप्रतिनिधिहरुबाट र अन्य सुरक्षाकर्मीको माध्यमबाट यो टे«सिङ्ग गर्ने कार्य भइरहेको छ । कहिलेसम्म हाम्रो लकडाउनको स्थिति रहला भन्ने जुन सवाल छ । यसबारे मैले अघि पनि भने यसको जिवाणु भाइरस शरीरमा प्रवेश गरिसकेपछि त्यसले रोगको लक्षण देखाउने अवधि भनेको १४ दिनको छ । त्यसो भएको कारण हाम्रो देशको अवस्था हेरेर लकडाउनको समय थप हुनेछ । यसमा सबै प्यूठानी दाजुभाई तथा दिदीवहिनीले आफ्नै लागि हो, हाम्रै लागि हो, हामी पनि बचौ र अरुलाई पनि बचाऔं भन्ने सन्देश दिदै सबै जना घरमै बस्नुहुनेछ । व्यक्तिगत सरसफाइमा ध्यान दिनुहुनेछ ।
लकडाउन कस्तो देखिएको छ भने विशेष गरी ग्रामीण क्षेत्रमा हुल बाधेर हिड्ने, चाडपर्व जस्तो गरेर भोज भतेर गर्ने गरेको पनि समाचारहरु प्रकाशमा आइरहेको छ । यसको प्रभाव के हुन्छ ?
यहाँले जुन कुरा उठाउनुभएको छ । हामीलाई पनि विभिन्न माध्यमबाट गुनासाहरु आइरहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला सुरक्षा समिति सबै समक्ष यो कुरा आइरहेको छ । पक्कै पनि हामी सबै जना सचेत नागरिक बन्नै पर्छ । कतिपय धेरै लामो समय पश्चात् बाहिरी मुलुकबाट नेपाल प्रवेश गरेर आप्mनो गाउँमा साथीभाई, इष्टमित्र, दाजुभाई, घरपरिवारसँग रमाउने, घुम्ने, फिर्ने काम गरेको जुन कुरा दुर्गम बस्तीहरुबाट आइरहेको छ । यसको लागि हामी सबै जना, प्यूठान जिल्लाका ६४ वटै वडाका वडाअध्यक्षहरु लगायत सम्पूर्ण जनप्रतिनिधि ज्यूहरुलाई हामीले फोनको माध्यमबाट अन्य कुनै माध्यमबाट सम्पर्क गरी तपाई हामी सबै जना लागौं । उहाँहरुलाई घरदैलो अभियानमा सरिक होऔं । उहाँहरुलाई पनि हाम्रो यो कोरोना नियन्त्रण अभियानमा सरिक गराऔं भन्ने प्रचारात्मक गतिविधि भइरहेको छ । विशेष गरी स्थानीय सरकार प्रमुखहरु आफै स्वयम लागिरहनुभएको छ । त्यसैगरी अन्य विभिन्न पत्रपत्रिका, रेडियो, नेपाल टेलिकम लगायत एनसेलको सहकार्यमा फोनबाट सचेतना सन्देश प्रवाह गर्ने व्यवस्था गरिएको छ । यसले गर्दा हामी सबै सचेत हुनुपर्ने छ । पहिलो दिनभन्दा दोश्रो दिन दोश्रो दिनभन्दा तेस्रो दिन तेश्रो दिनभन्दा चौथो दिन यसरी क्रमशः बाहिर निस्कने क्रम घट्दै गएको छ । अझै पनि यसलाई पूर्ण रुपमा निरुत्साहित गर्नुपर्छ । सबैले साथ दिनुपर्छ । सबैको सहयोगको आवश्यक छ । यही ग¥यो भने पनि हामी प्यूठानमै कोरोना मुक्त गराउन सक्छौं भन्ने हामीलाई आशा छ ।

अहिले यो लडकडाउनको अवस्थामा कसरी आपूm सुरक्षित हुने भन्ने धेरै मान्छेलाई अन्यौलता पनि छ । यो अवस्थामा हामी कसरी व्यवहारिक रुपमा सुरक्षित हुन सक्छौं ?
हामी मानसिक रुपमा कत्ति पनि विचलित नभइकन, ढुक्कसँग परिवारसँग घरमै बस्ने, सरसफाइका कुराहरु अवलम्वन गर्ने, प्रशस्त रुपमा पौष्टिक आहार, सन्तुलित आहार खाने, झोल कुराहरु प्रशस्त मात्रमा खाने, परिवारभित्रै हामी बस्यौ भने सुरक्षित हुन सक्छौं । परिवारभित्रै पनि कोही सदस्य तेस्रो मुलुक, भारत वा नेपालका अन्य ठाउँबाट आएको हुनुहुन्छ भने उहाँ अलि विशेष निगरानीमा बस्नुपर्ने हुन्छ । नत्र हामी परिवारभित्रै बसौं । परिवारका सबैजना सँगै बसौं । हामीले जुन सामाजिक दुरी भनेका छौं त्यो सामाजिक दुरी कायम गरौं । व्यक्ति व्यक्ति बीचको दुरी पनि कायम राखौं । सामान्य रुघाखोकी, भाइरल वा एलर्जीको त्यस्तो केही लक्षण देखिएको छ भने त्यो लक्षण देखिने व्यक्ति आप्mनो मात्र नभएर घर परिवारको पनि रक्षाको लागि सामान्य रुपमा पाउने मास्कको प्रयोग गर्न सकिन्छ । आम नागरिक सबै जनाले घरमा बस्दा जति बेला पनि मास्क लगाउनुपर्छ भन्ने पनि होइन । त्यस्तो खालको चिन्ह तथा लक्षण देखिएको छ भने र आप्mनो सँग भएको भाइरस तथा जिवाणू अरु व्यक्तिसम्म नसरोस् भन्नका लागि सुरक्षित सबै रहनको लागि स्वयम व्यक्तिले आप्mनो रक्षा कवचको रुपमा लिन सकिन्छ । नत्र आप्mनो परिवारमा हामी मानसिक रुपमा स्वस्थ वातावरणमा हामी वस्न सक्छौं । सन्तुलिन आहार खाने, घरमै बस्ने बाहिर ननिस्कने र मानसिक तनाव चिन्ता कत्ति पनि नलिने भन्ने हिसावले हामीले सबैलाई परामर्श गरिरहेका छौं ।
हुनतः यो अन्तराष्ट्रिय स्तरमै पनि व्यक्तिगत सुरक्षा उपकरणको अभाव भएको समाचार प्रकाशमा आइरहेको छ । जिल्लामा अहिले व्यक्तिगत सुरक्षा उपकरणको अभाव छ भन्ने कुरा आएको छ । यसको व्यवस्थापन जिल्लामा कसरी हुँदैछ ?
पक्कै पनि यो असाध्यै महत्वपूर्ण कुरा उठाउनुभयो । सबभन्दा यस कार्यमा खटिने सुरक्षाकर्मीको स्वास्थकर्मीको सुरक्षा महत्वपूर्ण हुन्छ । स्वास्थ्यकर्मी सबभन्दा पहिले जोखिममा पर्ने समूह पनि हो । र सँगसँगै सुरक्षाकर्मी लगायत अरु पहिलो पंक्तिमा काम गर्ने जति पनि सहयोग कर्मचारी हुनुहुन्छ उहाँहरु अत्यन्तै जोखिममा हुनुहुन्छ । स्वास्थ्यकर्मीको जोखिमलाई हामीले असाध्यै नजिकबाट हेरेका छौं । उहाँहरुको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता भनेका छौं । उहाँहरु सुरक्षित हुनुभयो भने बल्ल अरुलाई सुरक्षित गर्न सकिन्छ । रोग सर्ने जोखिम पनि कम गर्न सकिन्छ । विहीवार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सनल प्रोटेक्टीभ इक्युपमेण्ट मापदण्ड एउटा सार्वजनिक गरेको छ । जसमा तीन चार वटा तहहरु छन् । त्यो तहको पहिलो पंक्तिमा काम गर्ने ओपिडीमा खटिने परामर्श दिनेको पिपिइ कस्तो हुने ? दोश्रो चरणको चिकित्सको तहमा काम गर्नेको कस्तो हुनुपर्ने, त्यस्तै गरी रिफरल अस्पतालबाट रिफर गरिसकेपछि आइशोलेशन वार्डमा हुनुपर्ने कस्तो पिपिई, क्वारेन्टाइनको तहमा कस्तो पिपिई हुनुपर्ने, स्याम्पल निकाल्ने प्रयोगशालाकर्मी र जाँच गर्ने स्वास्थ्यकर्मीको कस्तो खालको पिपिई हुनुपर्ने एउटा मापदण्ड सार्वजनिक गरेको छ । पक्कै पनि प्यूठान जिल्लाको सवालमा पिपिई अत्यन्तै कम मात्रमा पिपिई पाएका छौं । यो बजारमा स्वभाविक रुपमा किन्न पनि नपाइने, खासगरी विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको मापदण्ड पुरा गरेर ल्याउनुपर्ने, त्यो भएको हुनाले हामीले त्यो खालको पिपिई हामीले असाध्यै कम मात्रामा उपलव्ध गराएका छौं शुक्रवार मात्र हामीले लगभग सबै स्थानीय तहलाई पुग्ने गरी एउटा दुईवटा स्थानीय तह बाहेक सबैलाई वहाँहरुकै पहलमा आएको छ । हामीले जानकारी पाएका छौं । त्यो विश्व स्वास्थ्य संगठनले सिफारिस गरेकै पिपिई छ । हामीले यहाँ अर्को कुरा पनि भन्नैपर्ने हुन्छ । स्थानीय तहमा हामी आफैले उत्पादन गरेका, स्थानीय जुन टेलरहरु छन् ती टेलरहरुसँग समन्वय गरेर जुन हाम्रो स्वास्थ्यमा प्रयोग हुने कपडाहरु छन् ती कपडाहरु साथसाथै बजारमा पाइने पलाष्टिकका थानहरु छन् ती लाई हामीे प्रशोधित गरेर यही स्थानीय स्तरबाट पनि हामीले एक खालको पिपिई उत्पादन गर्न शुरु गरिसकेका छौं र सम्वन्धित गाउँपालिकामा पठाउने काम जारी छ ।
यस अघि हाम्रो कुराकानीमा नसमेटिएको यहाँलाई भन्नै मन लागेको केही छ भने भन्न सक्नुहुन्छ ?
कोभिड १९ रोगबाट नेपाल अत्यन्तै जोखिममा छ । हामी सबै नेपालीहरु जोखिममा छौं । घरमै बसौ, सन्तुलित आहार खाऔं, बाहिर अनावश्यक भिडभाडमा नजाऔं । यदि जानैपर्ने अत्यावश्यक काम प¥यो भने हामी मास्कहरु लगाएर जान सक्छौं । नेपाल सरकारले जुन सूचनाहरु जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले जुन सन्देशहरु जारी गरेको छ ती सबै हामीले पूर्ण रुपमा पालना गरौं । यसरी पालना ग¥यौ भनेसम्भवतः हामी यो रोगको संक्रमणबाट बच्न सक्छौ, यो रोगलाई जित्न सक्छौ भन्ने सन्देश सबैमा जाओस् । यी सन्देश सबैले पालना गर्नुहुनेछ भन्ने आशा लिएको छुँ ।