भारतले नेपाली भूमि मिचेकोमा राष्ट्रिय जनमोर्चाले गर्यो नारा जुलुस

भारतले नेपाली भूमि मिचेकोमा राष्ट्रिय जनमोर्चाले गर्यो नारा जुलुस

भारतले नेपाली भूमि मिचेकोमा राष्ट्रिय जनमोर्चाले गर्यो नारा जुलुस


राम बहादुर बिश्वकर्मा,प्युठान/ भारतीय हस्तक्षेपका विरुद्व राष्ट्रिय जनमोर्चाले बिरोध प्रर्दशन र सभा गरेको छ । भारतीय हस्तक्षेपका बिरुद्व राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यक्रम अनुसार प्युठानमा बिरोध प्रर्दशन र सभाको आयोजना गरिएको हो ।

भारतीय पक्षले अनाधिकृत रुपमा नेपाली भूमि मिचेको भन्दै राष्ट्रिय जनमोर्चा प्युठानले नारा जुलुस सहित बिरोध कार्यक्रमलाई निरन्तरता दिएको छ। लकडाउनकै बीचमा प्युठानको जुम्री बाट बिजुवार मित्रमणि चोकमा पुगि कोण सभा परिणत भएको थियो ।
बिरोध प्रर्दशनपछि आयोजित सभामा बोल्दै नेकपा मसालका जिल्ला प्रबक्ता ज्ञामुराम न्याउपानेले नेपाली भूमि लिपुलेकमा भारतीय पक्षले चीनसँग जोड्ने सडकको उद्घाटन गरेसँगै  नेपाललाई सिक्कीमीकरण गर्ने भारतीय रणनीतिका बिरुद्व सबै नेपाली एकतावद्व हुने बेला आएको बताउंदै विगतमा सत्तामा रहेका ठुला दलका नेताहरु भारतसंग झुकेकै कारण देशले संकट भोग्नु परेको बताउनुभयो।
भारतीय हस्तक्षेप नयां नभई पुरानै भएकाले आफ्नो स्वाधिनता, स्वाभिमान, राष्ट्रियता र अखण्डताका लागि भारतको मिचाहा प्रवृत्तिका विरुद्ध आन्दोलनमा उत्रन सबैलाई आग्रह गर्नुभयो ।नेपाल र नेपाली जनताको सार्वभौमिकताका अवमूल्यन भएको भन्दै सारा मानव जगत कोरोना भाइरसबाट सिर्जित अकल्पनीय स्वास्थ्य संकटको सामना गरिरहेको र सम्पूर्ण शक्ति महामारीविरुद्धको लडाईँमा केन्द्रित भइरहेका बेला भारतबाट यस्तो घटना हुनु खेदजनक भएकाले सबै प्रमाणले उक्त क्षेत्र नेपालको भएको पुष्टि भए पनि त्यहाँ एकतर्फीरुपमा सडक निर्माणलगायत कुनै पनि गतिविधि नगर्न र विषयलाई थप जटिल बनाउने कुनै पनि गतिविधि नगर्न प्रबक्ता न्यौपानेले चेतावनी समेत दिनुभएको छ ।
नेपाल भारतबीच सार्वभौम समानता, भौगोलिक अखण्डता, पारस्परिक विश्वास एवं लाभको सिद्धान्तमा आधारित असल मित्रवत सम्बन्धमा विश्वास गर्ने जस्ता कुराहरु बक्ताले बताएका छन।