मेडिकल सामाग्री वितरण 

दाङ । घोराही उप–महानगरपालिकाले वडा नं. १४ ले मेडिकल सामाग्री सहयोग गरेको छ   । वडा कार्यालयले दाङ जिल्ला उद्योग वाणिज्य संघलाई १० पिस सेनिटाईजर, ४ सय थान मास्क र १०० पीस पञ्जा हस्तान्तरण गरिएको छ ।  कोरोना भाइरसको संक्रमणबाट जोगाउँन भोली देखि सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तु घरमै पु¥र्याउँदा गाडीमा बसेका मजदुर र गाडी चालकलाई सूरक्षित राख्न ती सामाग्री प्रदान गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

सेनिटाइजर मास्क तथा पञ्जाको प्रयोग नगर्दा कोरोना भाइरसले छिटो संक्रमण गर्ने भन्दै त्यसबाट बच्न यी सामाग्री प्रदान प्रदान गरिएको वताउँनुभयो । यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले प्राप्त सामाग्रीले कोरोनाबाट जोगिन सहयोग पुग्ने वताउँनुभयो । त्यस अबसरमा उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य धुव्रराज श्रेष्ठ भारी पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीको उस्थित रहेको थियो ।


मेडिकल सामाग्री वितरण 

मेडिकल सामाग्री वितरण