कोरोनाका त्रासले  दाङका  १३ सय होटल बन्द 

दैनिक १ करोड ३५ लाख रुपैयाँ घाँटा 

कोरोनाका त्रासले  दाङका  १३ सय होटल बन्द 

दाङ  । कोरोनाका भाईसरका त्रासले  दाङका  १३ सय होटल बन्द भएका छन् । होटल  बन्द हुदा  व्यवसायीले दैनिक १ करोड ३५ लाख रुपैयाँ घाँटा बेहोर्नु परेको छ । जिल्लाको घोराही,तुलसीपुर लमहीमा रहेका सम्पूर्ण  होटल बन्द भएको होटल व्यवसायी संघ दाङले जनाएको छ ।  कोरोनाका त्रासले  आन्तरिक तथा वाह्य पर्यटक आउँन छाडेपछि होटल बन्द भएको  होटल  व्यवसाय संघका अध्यक्ष रुद«बहादुर डाँगीले जानकारी दिनुभयो । पहिले भारत तथा अन्य मुलकबाट दैनिक एक सय पर्यटक जिल्ला भित्रिने गरेपनि पछिल्लो समय कोरोनाको त्रासले पर्यटक आउँन  छोडेका छन् ।  यस्तै  सरकारले  सरकारी तथा गैर,सरकारी संघ संस्थाका कार्यक्रम गर्न  रोक लगाएपछि  होटल व्यवसाय  ठप्प भएको व्यवसायी व्यवसायी वताउँछन । अहिले जिल्लाभर  झण्डै ५ हजार कामदार कार्यरत  भए पनि उनिहरुलाई  तलब खुवाउँन नै समस्या  भएको व्यवसायीको  गुनासो छ । होटलहरु  बन्द हुदा  किसानले उत्पादन गरेका  तरकारी जन्यबस्तु पनि  विक्री वितरण हुन छाडेका छन् ।