महरा रोल्पा पुग्दा उस्तै सम्मान  

रोल्पा । पूर्वसभामुख कृष्णबहादुर महरालाई उहाँको जन्मथलो बजागाजा सहित स्वागत सम्मान गरिएको छ । मंगलवार रोल्पा स्थित लिवाङ पुग्नु भएका महरालाई स्थानिय सर्वसाधारण, नेता कार्यकताहरुले स्वागत सम्मान गरेका हुन । सयौ जनाको उपस्थितीमा भएका महराको  रोल्पालीहरुले स्वागत गरेका थिए ।  त्यसअघि रोल्पाकै सुलीचौरमा पनि उहाँको स्वागत गरिएको थियो । माओवादी जनयुद्धको उद्गमस्थलको रुपमा परिचित रोल्पामा कृष्णबहादुर महरा ‘महरा सर’को उपनामले परिचित र सम्मानित हुनुहुन्छ । रोल्पाको मेवाङमा जन्मिनुभएका महराको बाल्यकाल, शिक्षण पेशा र राजनीतिक संघर्षको पृष्ठभूमि नै रोल्पा हो ।